अदालतमै बरालियो कर्मचारी समायोजनको मुद्धा :-संयुक्त इजलाशले पठायो बृहत पूर्ण इजलासमा
कर्मचारी समायोजनको विवाद झण्डै साढे तीन बर्षदेखि अदालतमा बरालिइरहेको छ । कर्मचारी समायोजनको क्रममा आफूहरुमाथि विभेद भएको भन्दै ७५ साल पुस १९ मा किरण पौडेल लगायतले दायर गरेको मुद्धाको हिजो पनि अन्तिम किनारा लाग्न सकेन ।
पौडेलसहितका भाष्कर ढुंगेल,गायत्री लम्साल,शर्मिला वन्जाडेलगायतले दायर गरेको रिट सयुक्त इजलाशबाट बृहत पूर्ण इजलाशमा पठाइएको हो ।
Advertisement 1
मंगलरबार सर्वाेच्चका न्यायधीशद्धय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलाशले यस अघि तीन सदस्यीय पूर्ण इजलासले गरेको फैसलामा असहमति जनाउँदै सो मुद्दालाई पाँच सदस्यीय बृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । न्यायधीशद्धय खतिवडा र श्रेष्ठको संयुक्त इजलाशले यसअघि तीन सदस्यीय पूर्ण इजलासले गरेको निर्णयको व्याख्यामध्ये पाँच वटा मुख्य विषयमा असहमति जनाउँदै मुद्दालाई पाँच सदस्यीय बृहत पूर्ण इजलासमा लैजान सिफारिस गरेको हो ।
Advertisement 2
सर्वोच्च अदालतले १२ माघ २०७८ मा कर्मचारी समायोजन सम्बन्धी विवादहरुको एकमुष्ट सम्बोधन गर्दै समायोजनलाई सही ठहर्याएको थियो । यस अघिका न्यायधीशहरु डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासको रायमा फरक मत जनाउँदै संयुक्त इजलासका न्यायाधीशहरु खतिवडा र श्रेष्ठको इजलासले मुद्दालाई पाँच सदस्यीय बृहत पूर्ण इजलासमा पठाउन सिफारिस गरेको हो ।
पूर्ण इजलासबाट भएको व्याख्या र प्रतिपादित सिद्धान्तमा आफूहरु सहमत हुन नसकेको भन्दै संयुक्त इजलासका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले त्यो व्याख्या कायम रहेको बेलासम्म आफूहरुले फरक फैसला लेख्न नसक्ने स्पष्ट पारेसँगै अब ५ सदस्यीय बृहत पूर्ण इजलाशमा पठाइएको हो ।