नेपाल एसबिआई बैंकद्वारा विपद् उद्धार कोषमा १ करोड ३१ लाख सहयोग

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति तथा समुदायको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख रुपैयाँ सहयोग गरेको छ।
Advertisement 1
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमसँगै कर्मचारीहरूको स्वेच्छिक योगदानसमेत समेटेर उक्त रकम सहयोग गरेको हो।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले सहयोग रकमको चेक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
Advertisement 2
चेक हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव तथा प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रविन मणि बज्राचार्यलगायतको उपस्थिति थियो।
बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको जनाएको छ।
Advertisement 3
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पुनरुत्थान, पुनःस्थापना तथा समग्र कल्याणमा योगदान पु¥याउने उद्देश्यले मानवीय सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ।








