रुकुमेली र माओवादी अर्थमन्त्रीका प्यारो,को-को बने अर्थमन्त्रीको तारो ?

अर्थमन्त्री जर्नादन शर्माले आफ्नो सचिवालय र मन्त्रालय रुकुमेलीहरुले भरेका छन् । आइतबारमात्र वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखा सम्हाल्दै आएका सहसचिव दीर्घराज मैनालीलई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रतिर लखेटेर त्यहाँ रुकुमेली रमेश केसीलाई तानिएको छ । केसी काबिल प्रशासक मानिन्छन् ।

Advertisement 1

मैनालीलाई ओलीको मान्छे भनेर हिट लिष्टमा राखिएको थियो । यसअघि राजश्व अनुसन्धानबाट झिकेर अर्थ मन्त्रालयमा वित्तीय क्षेत्रको जिम्मेवारी दिइएको हो ।

यसअघि शर्माले अर्थमन्त्री बनेसँगै ५८ बर्षे उमेर हदका कारण घर जान लागेका सचिव शिशिर ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर खेदेर मधुकुमार मरासिनीलाई महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ सचिव बनाएका थिए ।

Advertisement 2

जुनियर नै भए पनि भर्खरै बढुवा भएका कृष्णहरि पुस्करलाई राजश्व सचिवको जिम्मेवारी दिइएको छ । उसो त अर्थमन्त्री नियुक्त भएको केही सातामै भाञ्जीज्वाईं भीमकान्त न्यौपानेलाई एसियाली विकास बैंकको प्रतिनिधित्वका लागि सिफारिस गरेको देखिन्छ ।

अर्थमन्त्री शर्माले रमेशकुमार केसीलाई मन्त्रालयमै तानेपछि अहिले त्यहाँ एकाघरका ५ जना रुकुमेली भरिएका छन् ।

Advertisement 3

रमेशलाई वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाको प्रमुख बनाइएको छ भने उनका भाइ उपसचिव दिलिप केसी र शाखा अधिकृत कृष्णबहादुर केसी दाजुभाइ हुन् । अधिकृत कृष्णबहादुर केसी मन्त्री शर्माको निजी सचिवका रुपमा कार्यरत छन् । उनकी बहिनी सुवर्णप्रभा केसी नायब सुब्बा हुन् । उनलाई पनि मन्त्रीको सचिवालयमौ राखिएको छ । उपसचिव दिलिप केसीकी श्रीमती ईश्वरी केसी पनि अर्थ मन्त्रालय अन्तर्गत कार्यरत छिन् ।
यता अर्थ मन्त्रालयबाट सरुवा हुनेको हिट लिष्टमा धनीराम शर्मा,झक्क आचार्य,सुमन दाहाल,यमलाल भुषाल र श्याम भण्डारीहरुको सूची तयार भएको छ ।

प्रकाशित :२०७८ भाद्र २८, सोमबार १८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry