पर्यटन बोर्डले १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैमा उदाहरणीय काम हो: रिजाल

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौंता भएको छ ।

Advertisement 1

शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो ।उक्त कार्यक्रममान नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अब आन्तरिक पर्यटनलाई महत्व दिएर अघि बढ्नु पर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका रिजालले सरकारले बनाएका नीति नियमलाई टान र पर्यटन बोर्ड मिलेर कार्यान्वयन गर्नु पर्ने बताए । उनले विगतका अनुभवबाट पाठ सिकेर दुवै संस्था मिलेर काम गर्न निजी क्षेत्रको उत्थान हुने र पर्यटनको विकास हुने बताए । उपाध्यक्ष रिजालले पर्वतीय पर्यटनमा टानको भूमिका महत्वपूर्ण रहने भन्दै अब त्यसका लागि पर्यटन बोर्डले सघाउने जानकारी समेत गराए । उपाध्यक्ष रिजालले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैमा उदाहरणीय काम भएको बताए ।

Advertisement 2

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे।
कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताए । उनले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमिकहरूको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए ।

प्रकाशित :२०७८ भाद्र २०, आईतवार १४:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry