अख्तियारले एकै पटक ३७ जनाविरुद्ध दर्ता गर्यो भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी ढंगबाट लिज तथा बिक्री गरी सरकारी सम्पत्तिको हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा एकै पटक ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले नगर विकास समितिका तत्कालीन तीन जना अध्यक्षसहित सदस्यसचिव, कर्मचारीसमेत गरी एकै पटक ३७ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, तत्कालीन अध्यक्षहरु गोपाल रसाइलीविरुद्ध ८ लाख ५० हजार र पल्टु राना र पुष्कल चौधरीविरुद्ध ३ लाख ७४ हजार ८८० रुपैयाँ बिगो कायम गरिएको छ ।

Advertisement 1

यस्तै अख्तियारले तत्कालीन सदस्य सचिव चन्द्र प्रसाद चौधरी, तत्कालीन नायव सुब्बा पुष्पराज भट्ट, तत्कालीन अमिन तुलादत्त जोशी, तत्कालीन प्रमुख मालपोत अधिकृत कृष्ण कुमार निरौला, तत्कालीन मालपोत अधिकृत विशन सिंह थापालाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

अख्तियारले तत्कालीन मालपोत अधिकृत अशोक कुमार भण्डारी, तत्कालीन मालपोत अधिकृत शंकर बहादुर विष्ट, तत्कालीन शाखा अधिकृत दलजित भट्ट, तत्कालीन शाखा अधिकृत जय बहादुर विष्ट, तत्कालीन शाखा अधिकृत घनश्याम दत्त विष्ट, तत्कालीन नायब सुब्बा गणेश बहादुर ऐर, तत्कालीन नायव सुब्बा नयन सिंह कुँवर, तत्कालीन नायव सुब्बा भिम सिंह रावल, तत्कालीन खरिदार नरेन्द्र वहादुर ऐर, तत्कालीन खरिदार नमराज भट्ट, तत्कालीन प्रमुख नापी अधिकृत मोहन चन्द ठकुरी, तत्कालीन नापी अधिकृत पुष्पराज जोशीविरुद्ध पनि मुद्दा दर्ता गरेको छ।

प्रकाशित :२०७९ कार्तिक २, बुधबार १८:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry