सचिवहरुसँग प्रधानमन्त्री : हात बाँधेर आरामले बसेर सफल भइँदैन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल हुने छूट नरहेको बताएका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै उनले सरकारलाई असफल हुने छूट नरहेको बताएका हुन्।

Advertisement 1

मुलुकको गम्भीर परिस्थितिमा २ प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने ओलीले बताए। ‘राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी २ पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ,’ ओलीले भने, ‘त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ। यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन।’

असफल नहुने भनेर हात बसेर बस्दा सफल नभइनेतर्फ पनि ओलीले सचेत गराए। ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहिँ सफल हुँदैन,’ उनले भने। यो सरकारका काम गर्नकै लागि बनेकाले ढुक्कले काम गर्न उनले सचिवहरुलाई निर्देशन दिए। ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन। कर्मचारीहरूले ढुक्कले ठिक काम गर्नुस्,’ उनले भने, ‘सरकारले त्यसको उत्तरदायित्त्व लिनेछ।’

प्रकाशित :२०८१ श्रावण १५, मंगलवार १५:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry