माथिल्लो मनाङमा खाद्य संकट परेपछि राहत वितरण
Advertisement 1
बाढीपहिरोले सडक क्षतविक्षत पारेपछि मनाङमा खाद्यान्नको समस्या समस्या परेको छ । दुई महिनाभन्दा बढी समयदेखि बेँसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुदाँ खाद्य संकटको सम्भावना रहेको मनाङका पर्यटन व्यवसायी तथा समाजसेवी विनोद गुरुङले बताए ।मनाङ जिल्लाको मनाङ गाउँमा धेरै वर्ष अघिदेखि विभिन्न जिल्लाबाट आई काम गर्दै अएका ४० घरधुरि र मनाङ गाउँकै बिपन्न परिवारका ७ घरधुरिलाई राहत वितरण गरिएको छ ।
Advertisement 2
दैनिक उपभोग्य वस्तु अभाव भएको र चामे हुँदै ढुवानी सम्भव नभएपछि माथिल्लो क्षेत्रका बासिन्दाले मुस्ताङ हुँदै थोराङ्ला भञ्ज्याङ पास गराएर आवश्यक वस्तु ढुवानी गरेको गुरुङले बताए । सडकखण्ड अबरुद्ध भएपछि बाहिरि जिल्लाबाट हिमाली जिल्ला मनाङमा अई काम गर्दै अएकाहरुलाई स्थानियहरुले खाना खुवाए । पछि कर्म हिसि गुरुङ, जाङबो शेर्पा (सोनम गीर्मि फेमिलि फाउन्डेशन), निमा (निलगीरि होटल, मनाङ), विनोद गुरुङ (होटल यति)को सहयोगमा होटल यति मनाङको प्रङ्गणमा वितरण गरिएको हो ।प्रत्येक घर धुरी १२.५०० किलो चामल, ८ किलो दाल, नुन ३ किलो,तेल डेढ लिटर बितरण गरिएको छ ।
Advertisement 3
समुद्री सतहदेखि ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गराएर खच्चडमार्फत उपभोग्य वस्तु ढुवानी गरिएको गुरुङको भनाइ छ । हेलिकोप्टरको ढुवानी महँगो हुने भएकाले पनि मुस्ताङको बाटो हुँदै खच्चडमार्फत खाद्यान्न ढुवानी गरिएको हो ।