गृहमन्त्रीमाथिको छानविन छल्न सरकारले सदन बन्द गर्यो : सभापति देउवा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादृर देउवाले सरकारले सहकारी ठगी प्रकणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथिको छानविन छल्न सदन बन्द गरेको बताएका छन्।
Advertisement 1
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले सहकारी पीडितको अरबौंको बचत हिनामिना जस्तो गम्भीर विषयलाई संसदीय छानविन समितिको माग गर्दा त्यसलार्ए छल्न सरकारले संसदका हिउँदे अधिवेशन नै अन्त्य गरेको बताए।
‘हामीले उठाएको माग नेपाली कांग्रेसको पार्टीगत नभई लाखौं सहकारी पिडितको अरबौं बचत हिनामिनाको विषय हो । यस्तो गम्भीर विषयलाई संसदीय छानविन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसदनै बन्द गर्ने निर्णय गरेको छ,’ सभापति देउवाले भने।
Advertisement 2
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार रातिबाट संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकार सुशासनको पक्षमा नभएको र गैरजिम्मेवार रुपमा प्रस्तुत भएको बताए। उनले कांग्रेसले सुशासनका पक्षमा आवाज उठाइरहने बताए।
Advertisement 3
‘सरकार सहकारी पिडितका पक्षमा नभएको, सुशासनको पक्ष नरहेको र गैरजिम्मेवारी रुपमा प्रस्तुत भएको पुष्टि हुन्छ,’ उनले भने, ‘तर कांग्रेस पिडितको पक्षमा, सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइ रहनुपर्छ।’