१३ कम्पनीसँग पूर्वाञ्चल विश्वविद्यालयको सम्झौता
काभ्रे । विश्वविद्यालयबाट उत्पादित मानवश्रोत व्यवस्थापन, अनुसन्धानको क्षेत्रमा सहकार्य गर्न पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ।
Advertisement 1
विश्वविद्यालयको विज्ञान तथा प्रविधी संकायका विभिन्न विषय अध्ययन गरेका विद्यार्थीका लागि रोजगारी, इन्टर्नसिप, अनुसन्धान, तालिम, अन्तरक्रिया, फ्याकल्टी एक्सचेञ्ज लगायतका काम गर्ने गरी विश्वविद्यालय र ती कम्पनीका प्रतिनिधीविच हस्ताक्षर भएको हो।
विश्वविद्यालयले द सेन्टर फर मलेक्युलर डाइनामिक्स, काठमाडौं सेन्टर फर जियोनोमिक्स, एनएमबी बैंक, लिपफ्रग टेक्नोलोजी, इन्फो डेभेलपर प्रालि, ओम फर्मास्युटिकल्स एण्ड ल्याब्रोटोरिज, द फ्युज मेसिन नेपाल प्रालि, नेपाल एग्रो बायोटेक एण्ड रिसर्च सेन्टर, एफवान सफ्ट, नर्भिक हस्पिटल प्रालि, नेपाल एग्रो सेन्टर प्रालि, नेपाल एग्रो इक्वइप्मेन्ट प्रालि, मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल र ए प्लस एशोसियट, मुम्बईसँग सझौता गरेको हो।
Advertisement 2
एनएमबीसँगको समझदारी अनुसार बैंकले पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीलाई ५ लाखसम्म आधार ब्याजमा २ प्रतिशत नबढ्ने गरी अध्ययन कर्जाउपलव्ध गराउनेछ।
विश्वविद्यालयकोतर्फबाट विज्ञान तथा प्रविधी संकायका डिन प्राडा पवनकुमार झा र सहायक डिन मनोजकुमार हलवाईले हस्ताक्षर गरेका छन्।
Advertisement 3
विभिन्न कम्पनीका प्रतिनिधीले सम्झौताले दुवै पक्षको हितमा काम गर्ने विश्वाससहित विश्वविद्यालयसंग सहकार्य गर्न पाउँदा खुशी र आभार प्रकट गरेका छन्।
उपकुलति प्राडा विजुकुमार थपलियाले सम्झौताले दुबै पक्षको हित हुने विश्वास व्यक्त गर्दै आफूलाई खुशी लागेको बताए।