नेपालको निजामती सेवा र यसको सार्थकता
सार (Abstract)
Advertisement 1
निजामती सेवा भनेको के हो भन्दा सम्पुर्ण रोजगारहरुको अभिभावकत्व रहेको, कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मको पदसोपानमा रहने, योग्यता प्रणाली, कानुनद्वारा व्यवस्थित, राजनीतिवाट तटस्थ, स्थायी, कानुनले तोकेको सेवा सुविधा प्राप्त हुने संविधान र निजामती सेवा कानुनद्वारा संरचित राज्यको अड्डातन्त्रीय राजनीतिक प्रणालीको उपप्रणाली हो । निजामती सेवा (Civil Service) राज्य वा शासकीय प्रणालीको मेरुदण्ड हो । निजामती सेवा के होईन भन्दा यो सैनिक, प्रहरी, शिक्षक, प्राध्यापक, संघ संस्थानको सेवा होईन । कर्मचारीतन्त्र भित्र उपरोक्त सबै परे पनि निजामती सेवा जस्तैः उपर्युक्त सेवाहरुको अ-आफ्नै सेवाको बिशेषता र व्यवस्था हुन्छ । नेपालमा व्यवस्थितरुपमा निजामती सेवा बि.सं. २००७ सालको प्रजातान्त्रिक आन्दोलनवाट स्थापित शासन व्यवस्था पश्चात् शुरुआत भएपनि निजामती सेवा दिवस मनाउने प्रचलन भने बि.सं.२०६१ सालदेखि भएको हो । निजामती सेवा दिवसका दिन प्रत्येक बर्ष कर्मचारीहरुलाई पुरस्कृत गर्ने प्रचलन छ ।
अपितु यो बिबादरहित भने हुन सकेको अवस्था छैन । साथै एकातिर सर्वोत्कृष्ट कर्मचारी छनौट गर्न नसक्नु एउटा विडम्बना मान्नुपर्छ भने अर्कोतिर दलिय भागबन्डा, सिंहदरबारको राजनीतिक पहुँच वालाहरु पुरस्कृत हुने मोफसलमा खटिएर इमानदारी एवम् कर्तव्यनिष्टता पुर्वक काम गर्ने कर्मचारी सदैव बञ्चित हुने तीनदशक भन्दा बढी निजामती सेवावाट हालै सेवा निवृत्त भएको यो टिप्पणीकारको स्वअनुभव रहेको छ । मुलतः यश लेखमा निजामती सेवाको कानुनत परिचय तथा परिभाषा, निजामती सेवाको गठन, बिद्यमान आधारभुत चरित्र वा गुणहरु, विशेषता, सैद्धान्तिक अवधारणा, निजामती सेवाको स्वरुप, बि.सं.२०६१ देखि हाल २०७८ सम्मका निजामती सेवा दिवसका नाराहरु समेटी यो लेख तयार गरिएको छ ।
Advertisement 2
१) परिचय तथा परिभाषा
नेपालको संविधान, २०७२ भाग २३ धारा २४२ लोक सेवा आयोग र धारा २४३ लोक सेवा आयोगको काम, कर्तव्य अधिकार अन्तर्गत उपधारा ९१० यश धाराको प्रयोजनका लागि, निजामती सेवाको पदू भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवा वा पद तथा निजामती सेवाको पद होईन भनि ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरू सवै सेवाको पद सम्झनुपर्छ ।
Advertisement 3
—नेपालको संविधान, २०७२ को भाग २३ धारा २४३ (१) को स्पष्टिकरण यसै गरि धारा २४४ मा प्रदेश लोक सेवा आयोग सम्बन्धि व्यवस्था गरिएको छ । निजामती सेवा ऐन, २०४९ (संशोधन सहित) अनुसार दफा २(क) परिभाषा “निजामती सेवा” भन्नाले दफा ३ बमोजिम गठित निजामती सेवा सम्झनु पर्दछ ।
दफा ३ निजामती सेवाको गठन
नेपाल सरकारले देहाएबमोजिमका निजामती सेवाहरूको गठन गर्नेछ :
(क) नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा
(ख) नेपाल इञ्जिनियरिङ सेवा
(ग) नेपाल कृषि सेवा
(घ) नेपाल न्याय सेवा
(घ १) नेपाल परराष्ट्र सेवा
(ङ) नेपाल प्रशासन सेवा
(ङ १) नेपाल लेखा परीक्षण सेवा
(चं) नेपाल बन सेवा
(छ) नेपाल विविध सेवा
(ज) नेपाल शिक्षा सेवा
द्रष्टव्य :
(झ) संसद सचिवालयसम्वन्धी ऐन, २०५८ द्वारा झिकिएको,
(ज) नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ द्वारा झिकिएको ।
निजामती सेवा भन्नाले मुलुकको सरकारी प्रशासन सञ्चालनकालागि गठन गरिएको सेवा समेतलाई बुझाउँछ । निजामती सेवालाई राष्ट्रहरूले आ–आफ्नै ढंगले परिभाषित गरेका छन् । कतिपय राष्ट्रले यस सेवालाई गैह्रसैनिक सरकारी सेवाकोरूपमा मानेका छन् भने कतिपय राष्ट्रले निजामती सेवा होईन भनि तोकिएका सेवा बाहेक अन्य सवै सरकारी सेवा लाई यस सेवा भित्र समावेश गरेको पाईन्छ ।
® E.N.Gladen का अनुसार — “दलगत राजनीतिक विचार वा वर्गिय हितवाट प्रभावित नभई निस्वार्थरूपले मुलुकको सेवामा समर्पित प्रशासनमा रहेका तटस्थ, दक्ष वा विशेषज्ञहरूको व्यावसायिक स्वरूप वा अङ्ग नै निजामती सेवा हो ।”
® Dr. Herman Finer को परिभाषा –“ Civil Service is a Professional body of Officials Permanent, Paid and Skilled”
साररूपमा :- निजामती सेवा भन्नाले राजनीतिप्रति तटस्थ तथा संविधान र कानूनप्रति प्रतिवद्ध रही कानूनी राज्यको परिकल्पनालाई साकार पार्न कटिवद्ध सेवा नै निजामती सेवा हो ।
Encyclopedia of Social Science ले निजामती सेवामा अन्तर्निहित चरित्रहरूलाई उल्लेख गरेको छ ।
२) निजामती सेवा भित्र विद्यमान आधारभूत चरित्र वा गुणहरू –
२.१ निष्पक्ष छनौंट
२.२ राजनीतिकरूपमा तटस्थ
२.३ प्रशासनिकरूपले सक्षम
२.४ समाजसेवाको भावनाले ओतप्रोत
२.५ कानूनी मान्यता,
२.६ गैह्र सैनिक सेवा,
२.७ कर्मचारी प्रशासन सञ्चालन प्रक्रिया
२.८ सक्षम निकाय CPA (Central Personnel Agency)
२.९ लोक सेवा आयोगको स्पष्ट स्वरूप
२.१० सेवाको सुरक्षा तथा मर्यादा,
२.११ कर्मचारीको भर्ना, सरूवा, बढुवा सहितका निश्चित आधार
२.१२ परिभाषित वृत्ति प्रणाली
२.१३ कुशलरसक्षम कामदार वा कर्मचारीहरू
२.१४ पदसोपान (Hirarchy) को सिद्धान्त
२.१५ वेतनभोगी कर्मचारीहरू
२.१६ तटस्थ दृष्टिकोण
२.१७ जनताप्रतिको संवेदनशीलता
२.१८ जनउत्तरदायित्व र
२.१९ सेवा भाव ।
३) समकालिन निजामती सेवाको विशेषता :
३.१ परिवर्तनको संवाहक (Catalyst)
३.२ समुदायको स्वामित्व (Comunity Owned)
३.३ नागरिक उन्मुख (Customer Driven)
३.४ विकेन्द्रित (Decentralized)
३.५ प्रतिस्पर्धी (Competitiveness)
३.६ बजारमुखी (Market Oriented)
३.७ नतिजा उन्मुख (Result Oriented)
३.८ संस्थागत अभिलेख (Institutional Memory)
३.९ लैङ्गिक समानता(Gender Equality)
३.१० समावेशी निजामती सेवा (Inclusive Civil Service)
३.११ लचकताको गुण (Flixibility)
३.१२ संक्रमणकालिन सक्षम नेतृत्व वा प्रतिनिधि सरकार (Trasitional Competent Government or representative Government)
३.१३ स्थानीय सरकार (Local Government)
४) निजामती सेवाको सैद्धान्तिक अवधारणा
४.१ संरक्षण र लूट प्रणालीको विकृतिवाट सरकारी प्रशासन यन्त्र अस्तव्यस्त हुन थालेको अनुभव पश्चात् स्थायी, विशेषज्ञ प्रकृतिको राजनीतिप्रति तटस्थ, संविधान, कानून र जनसेवा प्रति प्रतिवद्ध सरकारी सेवाको खोजी गर्ने क्रमको अन्तिम परिणाम नै वर्तमान निजामती सेवा हो ।
४.२ सन् १८५४ मा बेलायत सरकारले नर्थकोट ट्रेभलियन भन्ने विद्वान द्वयलाई सरकारी सेवाको सुधारको जिम्मेवारी सुम्पिएको थियो । यी विद्वान द्वयले यसै बर्ष दिएको प्रतिवेदनको आधारमा बेलायतमा सर्वप्रथम आधुनिक निजामती सेवाको प्रारम्भ भएको हो ।
४.३ अमेरिकामा सन् १८८१ मा लुट प्रणालीवाट जागीर गुमाउन पुगेको एक आक्रोशित जुनियर अफिसर विलियम जे। गुटेले बहालवाला राष्ट्रपति गारफिल्डको हत्या गरे पछि सन् १८८३ मा पेन्डल्टन ऐक्ट लागू भै आधुनिक निजामती सेवाको सुरूवात भएको हो ।
४.४ फ्रान्सको राज्यक्रान्ति पश्चात निजामती सेवामा आमूल परिवर्तनको परिणामतः फ्रान्समा एउटा कहावत रहेको छ स्
४.४(१) निजामती सेवामा कठोर प्रतिस्पर्धा हुन्छ र यस प्रतिस्पर्धामा सफल असाधारण प्रतिभाशाली मात्र निजामती सेवामा प्रवेश पाउन योग्य हुन्छन् । स्मरण रहोस फ्रान्समा निजामती सेवा एउटा अत्यन्त गरिमायुक्त सम्मानित पद मानिन्छ ।
निजामती सेवाका सहायकस्तर देखि अधिकृतसम्म सम्मका राष्ट्रसेवकहरू आफ्नो पद लियन राखी निर्वाचनको माध्यमवाट राज्यतन्त्रको उच्चत्तम पद “मन्त्री”स्तर सम्म पुग्दछन् र सो राजनीतिक पदावधि समाप्त भए पछि पुनः आफ्नै साविक पदमा फिर्ता हुन्छन् । याहाँ निजामती सेवाको पदलाई हाम्रो जस्तो “लाभको पद” मानिदैन । विश्वमै उत्कृष्ट फ्रान्सको “सिभिल सर्भिस” ट्रेड यूनियनको पूर्ण स्वतंन्त्रता र विशिष्ट प्रकृतिको रहेको छ ।
४.५ हाम्रो छिमेकी मुलुक भारतको निजामती सेवाको चर्चा गर्दा ब्रिटिश सरकारले स्थापना गरिदिएको निजामती सेवा केन्द्रिय, प्रान्तीय र स्थानिय रहेको छ । प्रशासन र प्रहरी सेवा निजामती सेवा मै आवद्ध छन् । तहसील मा प्रशासकीय प्रमुख “डि।एम”, “एस।डि।एम।” पद प्रमुख प्रशासनिक पदहरूमा रहन्छन् । विश्वमै क्ष्ब्क् इााष्अभच परिक्षा उत्कृष्ट परीक्षाको नमूना हो । क्ष्लमष्बल ब्मmष्लष्कतचबतष्खभ इााष्अभच बन्न लाखौको प्रतिस्पर्धामा अब्बल दर्जामा यूनिभसिटिका उत्पादित जनशक्तिहरूले प्रवेश पाउँछन् । क्ष्ब्क् इााष्अभच मा २ बर्षको देहरादुनमा तालिम हुन्छ । जसमा पूर्णरूपमा प्रहरी तालिम पनि हुन्छ । भारतमा प्रशासकीय प्रमुखहरू प्रहरी सेवाको प्रमुख पनि हुन पाउँछन् । ब्रिटिश पद्धति भएकोले परम्परागत दर्जामूलक पद्धति नै रहेको छ ।
५)नेपालको सन्दर्भमा निजामती सेवाको स्वरूप
नेपालमा वि.सं.२००७ सालको राजनीतिक परिवर्तन पछि आधुनिक निजामती सेवाको अभ्युत्थान गर्ने प्रयत्न भयो । वि।सं।२००८ सालमा स्वतंन्त्र संवैधानिक निकायकोरूपमा लोक सेवा आयोगको स्थापना भयो । तत्पश्चात निजामती सेवा ऐन, २०१३ ले यसको कानूनी आधार स्पष्ट रेखाङ्कन गर्यो । प्रशासकीय ऐन कानूनहरूको तर्जुमा गरियो । यहि आधारमा निजामती सेवा नियमावली, २०२१ निर्माण भयो । निजामती कर्मचारीको छनौंट गर्ने लोक सेवा आयोग २००८ सालमा स्थापना भए पनि पञ्चायती राजतन्त्रात्मक निरङ्कुश व्यवस्थाले जरा गाडेको तत्कालिन सरकार पनि “श्री ५ को सरकार” को नाममा रहनु र राजप्रसाद सेवा गठन गरी राजाका आसे पासे लाई सिधै हुकुम प्रमाङ्गीवाट तोक आदेशमा नियुक्ति गरी निजामती सरह स्थायी गर्ने र लोक सेवा आयोगको चिरहरण गर्ने जस्ता तुच्छ कार्य धैरै पटक गरिए । तिनका अवशेषहरू २०६२र०६३ को दोस्रो जनआन्दोलनको परिणामतस्राजतन्त्रको समाप्ती संग निजामती सेवा रूपी महासागरमा विलिन भईसकेका छन् ।
अब नेपाल सरकार र निजामती सेवाको तस्वीर सुस्पष्ट छ । प्रशासनिक प्रणालीको लामो इतिहास रहेको बेलायतमा निजामती सेवालाई राजनीतिक अथवा न्यायिक कार्यालयमा संलग्न कर्मचारी बाहेक अन्य निजामती सेवा भनि बहाल गरिएका सरकारी कर्मचारीहरू रहेको सेवाको रूपमा परिभाषित गरेको देखिन्छ भने फ्रान्स र संयुक्त राज्य अमेरिकामा संघीय देखि नगरपालिका तह सम्म कार्यरत सवै कर्मचारीहरूलाई निजामती सेवा भित्र समावेश गरेको पाईन्छ भन्ने तथ्य लोक सेवा आयोगका पूर्व सदस्य तथा प्रा.डा.भिमदेव भट्टले निजामती सेवा आलेखमा उल्लेख गर्नु भएको छ । निजामती सेवाको स्थापना देशको प्रशासन सञ्चालन गर्न भएकोले यसमा सवै वर्ग, क्षेत्र, लिङ्ग र समुदायको समानुपातिक उपस्थितिको माग एवम् आवश्यकता बढी रहेको छ । निजामती सेवालाई समावेशी बनाईनु पर्छ भन्ने मान्यता अनुरूप निजामती सेवामा महिला, आदिवासी जनजाती, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रको उल्लेख्य सहभागिताले केही हद सम्म सुनिश्चितता पारेको छ । यद्यपी, निजामती सेवाका सकारात्मक र नकारात्मक दुवै प्रवृत्तिहरू विद्यमान छन् ।
व्यापक सञ्जाल भएको जीवन्त संगठनमा विकृति विसङ्गती हुनु अस्वाभाविक होईन तर जनसेवा नै निजामती सेवाको लक्ष्य भएकोले यो सदैव जनताको पक्षमा उभिनुपर्दछ भन्ने मूलभूत मान्यता हो । विगतका शासन व्यवस्था राणाकाल पञ्चायतकालको निरङ्कुशता र निजामती सेवकहरू योग्यता, क्षमता भन्दा चाकडी, चाप्लुसीवाट कार्यसम्पादन गर्ने प्रचलनमा विशेषज्ञता र विज्ञताको वर्तमान प्रजातान्त्रिक समयको मांगलाई आत्मसात गरी अगाडि बढ्नुपर्ने हुन्छ । यस्तो लचकताको गुण निजामती सेवामा विद्यमान छ । वि.सं.२००७ सालको सफल जनक्रान्ती गंगालाल, दशरथ चन्द, धर्मधक्त र शुक्रराज शास्त्री लगायत ज्ञात अज्ञात शहिदहरूको शहादतले मुलुकमा पारिवारिक राणा शासनको अवसान पछि नेपालमा अन्तरिम संविधान, २००७ घोषणा भयो । यसले केही महत्वपूर्ण कार्य गरेको परिणामतः लोकतान्त्रिक पद्धतिको विजारोपण हुन पुग्यो, यसैको परिणाम हो –लोक सेवा आयोगको गठन, प्रशासकीय ऐन, कानूनको तर्जुमा र निजामती सेवा सम्वन्धी कानूनी व्यवस्था बन्ने क्रम जारी रहयो । विभिन्न मन्त्रालयहरूको स्थापना, विभिन्न सेवाहरूको गठन, शुरूमा गृह मन्त्रालय अन्तर्गत प्रशासन व्यवस्था विभागको गठन भयो जुन हालको सामान्य प्रशासन मन्त्रालयको मूलस्वरूप हो ।
निजामती सेवा विश्व परिवेशमा हेर्दा चीनका दार्शनिक तथा प्राचीन कन्फयुसियस धर्मका प्रवर्तक गुरू कन्फ्युसियसकालिन समयमा चीनमा लिखित परीक्षा र योग्यता प्रणाली “गुणतन्त्र”को शुरूवात पाईन्छ । प्रसियाको निजामती सेवा पनि उत्कृष्ट उदाहरणकोरूपमा लिईन्छ । विश्व परिवेशमा निजामती सेवाको इतिहास नियाल्दा जातीय, अभिभावक, संरक्षक, लुट प्रणाली र वर्तमान अवस्थामा गुणतन्त्र वा मेरिटोक्रेसीको स्वरूपमा रूपान्तरण हुँदै आएको छ ।
नेपालको परिवेशमा पनि लिच्छवि र मल्लकालिन समयमा जातीय कर्मचारीतन्त्र, राणाकालमा लुटतन्त्र, पृथ्वीनारायण शाह पश्चात पूर्व शाहकालमा अभिभावक कर्मचारीतन्त्र र वर्तमानकालमा योग्यता प्रणालीमा आधारित विशिष्ट “विशेषज्ञ”प्रकृतिको गुण वा योग्य कर्मचारीतन्त्रको स्वरूप देख्न पाईन्छ । यो मेरो मौलिक नीजि विश्लेषण हो निजामती सेवाको प्रशासन, लेखा तथा विभिन्न कार्यप्रकृतिका निकायहरूमा स्थानियतह देखि केन्द्रिय तह सम्मको तीन दशक भन्दा बढीको अनुभव र उच्च शिक्षाको अध्ययनको परिणामत स्पष्ट चित्र कोरेको मात्र हो । नेपालमा कानूनी संरचना पश्चात् संगठनात्मक संरचनाको निर्माण भयो जसमा विभिन्न मन्त्रालय मातहत विभाग तथा कतिपय कार्यालयका क्षेत्रीय समेत र स्थानिय कार्यालयहरू गठन गरिए । इ ७ ः क्गचखभथ गरी संगठन संरचना, काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकार प्रत्यायोजन गरियो । यस सन्दर्भमा एउटा तथ्य विर्सन सकिदैन त्यो हो प्रशासन सुधार सर्वप्रथम वि।सं।२००९ सालमा भारतीय प्रशासनविद एन।एम।बुचको “बुच कमिशन” देखि वर्तमान सुशासन र क्षतिपूर्तिसहितको नागरिक बडापत्र र स्थानीय, प्रदेश र संघीय तीन तहको सरकारका प्रशासकीय प्रमुख निजामती सेवाका अधिकृत कर्मचारीहरुको व्यवस्थाको अवस्थासम्म आईपुग्दा धेरै प्रयाशहरू नीतिगत, संस्थागत, कार्यविधिगत, संरचनागत का साथै अध्ययन अनुसन्धानवाट नीतिगत र निर्णय प्रक्रियामा सुधारका प्रयाशहरू भएका छन् ।
नेपालको निजामती सेवाको साररूपमा अर्थाउँदा निजामती सेवा सार्वजनिक प्रशासनको मुटु हो । यसै सेवाका वरिपरी राज्यका प्रशासनिक, आर्थिक क्रियाकलापहरू केन्द्रित रहेका हुन्छन् । यो सेवालाई सक्षम, गतिशिल, जनमुखी र उत्तरदायि बनाउने माग सर्वत्र बढीरहेको छ भने निजामती सेवा ऐन, २०४९ को प्रस्तावनाले यस लाई आत्मसात गरेको पनि छ । वर्तमानमा सुशासन, कानूनको शासन, भ्रष्ट्राचाररहित स्वच्छ प्रशासन, सेवा प्रवाहमा गुणस्तरीयता, क्षतिपूर्तिसहितको नागरिक बडापत्र, मुस्कानसहितको सेवा, हेलो सरकार डेस्कको स्थापना, गुनासो सुनुवाईको कार्यान्वयन, जनताको घरदैलोमा सेवा प्रवाह गर्ने सुधारको केन्द्र विन्दु यहि सेवा रहेको छ ।
६) हाल सम्मका निजामती सेवा दिवसका नाराहरू
निजामती सेवा दिवस–२०६१ साल भाद्र २२ गते देखि मनाउँदै आएको छ । वि।सं।२०१३ सालमा प्रधानमन्त्री टंकप्रसाद आचार्यको कार्यकालमा प्रथमपटक निजामती कर्मचारीको सेवा, सुरक्षाको कानूनी व्यवस्था निजामती सेवा ऐन आएको सन्दर्भमा मनाउने निर्णय भए बमोजिम मनाउन थालिएको छ । वि।सं।२०६१ साल देखि २०७० साल सम्म १० बर्षको अवधिमा निम्नलिखित बमोजिमका नाराहरू का साथ निजामती सेवा दिवस मनाउन थालिएको छ । यी नाराहरूको सार्थकता वारे मूल्याङ्कन गर्ने बेला भैसकेन र रु
६.१ निजामती सेवा दिवसका नाराहरु
१) २०६१ ‘सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता’
२) २०६२ ‘सबल प्रशासन, स्वच्छ प्रशासन’
३) २०६३ ‘लोकतन्त्रको लागि जनमुखी नागरिक प्रशासन’
४) २०६४ ‘पारदर्शी प्रशासनः लोकतान्त्रिक प्रशासन’
५) २०६५ ‘जनसेवाः हाम्रो प्रतिबद्धता’
६) २०६६ ‘जनताका लागि प्रशासन’
७) २०६७ ‘शिष्ट र नम्र व्यवहारः सेवाग्राहीको अधिकार’
८) २०६८ ‘जनतालाई सम्मान र सेवाः सुशासनलाई टेवा’
९) २०६९ ‘जनमुखी प्रशासनः अनुशासन र सुशासन’
१०) २०७० ‘सुशासन र सदाचारः निजामती सेवाको आधार’
११) २०७१ ‘निजामती सेवाको मान्यताः अनुशासन, इमानदारी र नैतिकता’
१२) २०७२ ‘निजामती सेवाको सपनाः समृद्ध नेपालको रचना’
१३) २०७३ ‘सेवामैत्री प्रशासनः संघीयतामा सुशासन’
१४) २०७४ ‘निजामती कर्मचारीको प्रतिबद्धताः पारदर्शिता र चुस्तता
१५) २०७६ सक्षम निजामती प्रशासनस् विकास समृद्धी र सुशासन
१६) २०७७ स्वच्छ र सक्षम निजामती प्रशासनस् समृद्धी र सुशासन
१७) २०७८ व्यवसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन
७) उपसंहार :
ऎतिहासिक अर्को संविधानसभा, २०७० वाट नेपालको संविधान, २०७२ को निर्माण र कार्यान्वयन पश्चात् राज्य पुनर्संरचना ७ प्रदेश ७७ जिल्ला ७५३ स्थानीय तह महानगरपालिका, नगरपालिका र गाउँपालिका अन्तर्गत वडाहरु समेत बिभाजन भै ऎतिहासिक निर्वाचन, २०७४ स्थानीय, प्रदेश, प्रतिनिधिसभा, राष्ट्रिय सभा, उपसभामुख, सभामुख, उपराष्ट्रपति, राष्ट्रपतिको निर्वाचन सम्पन्न भै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तर्फ अग्रसर भैरहेको सन्दर्भमा स्थायी सरकार भनिने निजामती सेवा केन्द्रीय सेवावाट संघीय, प्रदेश र स्थानीय तहमा विभक्त भै कर्मचारी समायोजन ऎन बमोजिमको संघ, प्रदेश र स्थानीय तहमा कानुनतः समायोजन गरिएको छ ।यद्यपि समायोजनमा केहि कमीकमजोरी र त्रुटिहरु नभएको भने होईनन् परन्तु केन्द्रीय कर्मचारीतन्त्रले मात्र ३ तहमा पर्याप्त नहुने, स्वीकृत नयाँ संगठन संरचना ९इ७ः० अनुरुप कर्मचारी परिपुर्ति गर्न अहिले शिघ्रातिशिघ्र एकीकृत निजामती सेवा कानुन, संघीय, प्रदेश र स्थानीय तहका कानुनहरु ल्याई यससेवालाई अझै सबल, सक्षम, समसामयिक, परिस्कृत, उत्तरदायी, जवाफदेही बनाउनु अत्यन्त आवश्यक आवश्यकता एकातिर छ भने बदलिँदो विश्व परिवेश, सूचना तथा सञ्चार प्रविधिको व्यापकता, शिघ्र, गुणस्तरीय सेवा प्रवाह पुराउनु जरुरी रहेको परिप्रेक्ष्यमा उच्च राजनीतिक नेतृत्व र उच्च प्रशासकहरुले अविलम्ब संघीय निजामती सेवा, प्रदेश सेवा र स्थानीय सेवा ऎन जारी गरि अनिर्णयको बन्दीवाट निकासको खोजी गर्नु अत्यन्तै जरुरी रहेको छ ।