कर्फ्यु हट्यो, निषेधाज्ञा भने जारी

सर्लाहीको सदरमुकाम मलंगवामा लगाइएको कफ्यु हटेको छ। ​कफ्यु हटे पनि स्थानीय प्रशासनले भदौ २७ गते राति १२ बजेसम्म घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा गर्न रोक लगाइएको छ।

Advertisement 1

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि स्थीतिलाई नियन्त्रणमा लिनका लागिग कर्फ्यू आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले जानकारी दिए । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा हिजो बेलुका मलंगवामा दुई समुदाय बीच झडप र ढुंगामुढा भएको थियो ।

सो असहज स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरे पनि अवस्था नियन्त्रणमा नआए पछि कफ्यु लगाउनु परेको प्रजिअ यादवले जानकारी दिए । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो । कर्फ्यु हटेपछि मानिसहरुको चहलपहल बढ्न थालेको छ भने लामो तथा छोटो दुरीका यातायातका साधन पनि चल्न थालेका छन् ।

Advertisement 2

 

प्रकाशित :२०८० भाद्र २४, आईतवार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry