मालपोतका करोडपति पियनले पाए सफाइ

मालपोत कार्यालय चाबहिलका ‘डन’का रुपमा परिचित तत्कालिन कार्यालय सहयोगी राजेन्द्र बस्नेत अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् ।

Advertisement 1

बिशेष अदालतले उनलाई सफाइ दिने फैसला आइतबार गरेको हो । अख्तियारले उनीसँग स्रोत नखुलेको ११ लाख रुपैयाँसमेत बरामद गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो । उनीसँग आठ करोड ९८ लाख ५८ हजार अकुत सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि मुद्दा दायर गरेको थियो । उनले त्यहाँको करोडौं राजश्व समेत हिनामिना गरेको अर्को मुद्दा समेत दायर गरेको छ । पद पियन भएपनि मालपोत कार्यालयमा उनले सबै सेटिङ मिलाउने काम गर्दथे । पैसाकै आडमा मालपोतका हाकिम समेत आफु अनुकुल सरुवा गर्दथे । उनै बस्नेतले अकुत सम्पत्तिको मुद्दामा सफाइ पाएपछि कर्मचारीले आश्चर्य व्यक्त गरेका छन् ।

अख्तियारले उनकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उनीहरुले पनि सफाइ पाएका छन् । निज मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्ने लगायतका गैरकानुनी काम गरेको भन्दै गत वर्ष पनि विशेष अदालतमा मुद्दा परेको थियो। त्यतिखेरै उजुरीको क्रममा अख्तियारले नियन्त्रणमा लिँदा ११ लाखरूपैयाँ बरामद गरेको थियो।

Advertisement 2

आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा उनले जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकहरू खर्च र लगानी गरेको अख्तियारको अनुसन्धानबाट पत्ता लागेको छ।

अर्बपति खरिदार बस्नेत को हुन् ?

Advertisement 3

खरिदार लक्ष्मण बस्नेत जागिर सुरु गरेदेखि नै मालपोत कार्यालयमा कार्यरत छन् । उनी जागिरे जीवनको अधिकांश समय चावहिल र भक्तपुर जस्ता काठमाडौं उपत्यकाका मालपोत कार्यालयमै कार्यरत छन् । चावहिल मालपोत कार्यालयमा उनी कार्यरत रहेको १० बर्ष भइसकेको छ । यसअघि उनी भक्तपुरमा कार्यरत थिए । उनी भूमि ब्यवस्थापन तथा अभिलेख विभागमा अर्बपति खरिदारका रुपमा चर्चित छन् ।

डिल्लीबजार मालपोत कार्यालयका अर्बपति खरिदार लक्ष्मण भट्टराई १५ बर्षदेखि रजिष्ट्रेसन फाँटमा भएजस्तै चावहिलमा लक्ष्मण बस्नेतले ८ बर्षदेखि लगातार मुद्दा फाँटमा बसी गैरकानूनी जग्गा दर्ता गरी करोडौं करोड घुस संकलन गरिसकेको अख्तियारको अनुसन्धानले पुष्टि गरेको छ । खरिदार बस्नेतले धोवीखोलाको नदी उकासका सार्वजनिक जग्गाहरू पनि घुस लिएर दर्ता गरेको आरोप छ ।यसअघिका चावहिल मालपोत कार्यालय प्रमुख गोविन्द अधिकारी, पृथुबहादुर केसी, कामु प्रमुख बद्रीबहादुर कार्की, कमल तिमल्सिना, पदम अर्यालदेखि कलकबहादुर खड्कासम्मलाई प्रभावमा राख्नसक्ने कला भएका हुन् खरिदार बस्नेत ।

उनीविरुद्ध अख्तियारमा भ्रष्टाचार गरी आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो । तर, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेतले उनीबाट ठूलै रकम लाभ लिएर तामेलीमा हालेका थिए । स्रोतका अनुसार, धादिङ मालपोतमा हुँदा राजमार्गको छेउ र खोला किनारका सरकारी जग्गा वन समेत गैरकानूनी ब्यक्तिका नाममा दर्ता गरेको आरोप छ । धादिङको राजमार्गछेउमा १ रोपनी जग्गा हुनेलाई पछाडिको जंगलसमेत हालेर २ वटा जिरो थपी १०० रोपनीको पूर्जा दिने काममा पनि बस्नेत संलग्न रहेको आरोप लागेको थियो । जुन जग्गाको एक चरणको छानबिन सकेर मुद्दा दायर भइसकेको छ भने अर्को चरणको छानबिन अलपत्र छ ।

खरिदार लक्ष्मण बस्नेतलाई निजामती सेवा ऐन नियम पनि केही लागू हुँदैन । निजामती सेवा ऐनमा हरेक २ बर्षमा कर्मचारीको सरुवा हुन्छ । तर उनका हकमा निजामती सेवा ऐनको यो प्रावधान लागू हुने गरेको छैन । घुसका बलले सामान्य प्रशासन मन्त्रीदेखि विभागीय मन्त्रीसम्मलाई प्रभावमा राख्दै उनले सरुवा रोक्ने गरेका छन् । सरुवा भइहाले पैसाको बलले बदर गराउँदैआएका छन् ।खरिदार बस्नेतलाई सामान्य प्रशासन मन्त्रालयले २०७३ भदौ अन्तिममा हुलाक कार्यालयमा सरुवा गरे पनि उनले २०७३ पुससम्म रमाना लिएनन् । र, माघमा तत्कालीन सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीलाई घुस दिएर पुनः चावहिलमै दरबन्दी कायम गराउन सफल भएका थिए । यसरी पदीय दुरुपयोग गर्ने बस्नेत अहिले पनि चावहिल मालपोतमै असुलीमा ब्यस्त छन् । उनका बारेमा साँघुले पटक पटक ध्यानाकर्षण पनि गराउँदैआएको छ ।

प्रकाशित :२०८० पुष ९, सोमबार १०:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम