परराष्ट्रका डेढ दर्जन कर्मचारीको एकै पटक विदेशमा पोष्टिङ

परराष्ट्र सेवा अन्तरगतका डेढ दर्जन कर्मचारीहरुको विदेशका विभिन्न निकायमा पोष्टिङ गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement 1

मन्त्रालयका अनुसार ३ उपसचिव, ६ शाखा अधिकृत रहेका छन् भने ९ जना नासुलाई समेत विदेशस्थित विभिन्न दूतावास तथा नियोगमा सरुवा गरिएको छ ।

जसअनुसार उपसचिव हरि ओडारीलाई बैंककमा जिम्मेवारी दिएर पठाइएको छ । उनी यस अघि नै दिल्लीबाट फर्केर यूरोप,अमेरिका डिभिजनमा बसिसकेका कर्मचारी हुन । यस्तै सुरेन्द्र थापालाई कतारको दोहा खटाइएको छ भने प्रमिता अधिकारीलाई न्यूयोर्क मिसनमा पठाइएको छ ।

Advertisement 2

मन्त्रालयको जानकारी अनुसार,अफिसरहरु सतिश गुरुङलाई हङकङस्थित महावाणिज्यदूतावास, विशेषकुमार साहलाई ओमान,सुजना अर्याललाई म्यान्मार, सागर भण्डारीलाई कोलम्बो,सरोज भट्टराईलाई ग्वाङ्झौ र सुमित्रा पौडेललाई बेइजिङ खटाइएको छ ।

यस्तै नासुहरुमध्ये न्यूयोर्कमा लालबाबु अर्याल, वासिङटन डिसीमा रामचन्द्र पन्थी, क्यानबेरामा केशव पोखरेल,जर्मनीमा चुमान केसी र ग्वाङ्झौमा रामबोल आचार्य खटाइएका छन् ।

Advertisement 3

त्यस्तै मलेसियामा हेमबहादुर भुजेल, दोहामा श्रृजना पाण्डे, ब्राजिल जानेमा दिनेश शिवाकोटी र हङकङमा भोजकुमार भट्टराई परेका छन् ।

प्रकाशित :२०७९ चैत्र २, बिहीबार ०७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry