विद्यमान पुरस्कार र दण्डलाई बैज्ञानिक बनाएमात्र कर्मचारीले उत्प्रेरित भएर काम गर्दछन

०५७ सालमा खरिददार पदबाट जिल्ला समन्वय समिति धादिङबाट निजामती सेवामा प्रवेश गरेका अरुण पोखरेल अहिले सहसचिवका रुपमा सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । जागिरे जीवनको दौरानमा खरिदार,नासु,अधिकृत,उपसचिव,सहसचिव यी सबै पदमा खुल्ला प्रतिष्प्रर्धाबाटै भीडेर नाम निकालेका उनले यी सबै पदमा काम गरेको अनुभव छ । महालेखा परिक्षकको कार्यालय, मालपोत कार्यालय,कावासोती,पर्यटन मन्त्रालय,शान्ति तथा पुर्ननिर्माण कार्यालयमा काम गरे । यस्तै उपसचिव भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबास कार्यालय उनैले स्थापना गरे, उद्योग मन्त्रालय,स्थानीय विकास अधिकारी भएर रौतहट खटिए,बीरगञ्जको सहायक सिडियो भएर केही समय काम गरे । सहसचिवमा बढुवा भएसँगै डिल्लीबजार कारागार,राष्ट्रिय विपत जोखिम प्राधिकरणमा ६ महिना बिताए । गत फागुनमा गृह मन्त्रालयले सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनाएर पठायो । एकातिर कोरोना कहर त्यही बीचमा गत असार १ गते र १६ गते बाढीले त्यहाँ बितण्डा मच्चाएको सिन्धुपाल्चोकबासीको घाउमा मल्हम लगाउन कस्सिएका छन् :-
Advertisement 1
० तपाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनेर खटिएको महिना दिन पछि नै कोरोनाको दोश्रो लहर शुरु भयो । यही बीचमा मेलम्चिले बितण्डा मच्चायो । यी समस्यासँग कसरी मुकाविला गरिरहनुभएको छ ?
म फागुनमा सिन्धुपाल्चोक जिल्लाको प्रजिअ बनेर खटिँए । त्यस बेलादेखि नै चुनौतीको सामाना गर्नु परेको छ । कोरोना संक्रमण दिनप्रति बढिरहेको,पहिलो लहरको भन्दा दोश्रो लहरको कोभिड संक्रमण उच्च थियो । त्यसलाई नियन्त्रण गर्नु पर्ने त छँदैथ्यो । त्यहीमाथी असार १ गते पछि हामी बाढीसँग जुध्नु पर्यो । बाढीको प्रवृत्ति अन्यन्त्र आउने बढाीभन्दा फरकथ्यो । पानी नपर्दा पनि खोलामा पानीको सतह बढ्ने, कतिखेर पानीको सतह बढ्छ भन्ने पुर्वानुमान पनि गर्न असहज । यी दुबै चुनौतीसँग सामाना गर्दैछौं । कोभिडसँग लड्नका लागि पहिलो लहरको कोभिडको अनुभवले पनि केही काम गर्यो । बाढी,पहिरोका सन्र्दभमा जिल्ला विपत व्यवस्थापन समितिको टिम सदै सक्रिय रह्यो । सबै सदस्यहरु प्हिलादेखि नै अनुभवी र सक्रियता पनि महत्वपूर्ण रह्यो ।
० राहत वितरणको लागि तपाई आफै खट्नु भएको छ । अहिले त्यहाँ राहात वितरण,सर्वसाधरणको अबस्था कस्तो छ ?
राहत वितरण, उद्धार,क्विक रेन्स्पोन्समा कुनै समस्या छैन् । राहात वितरणलाई प्रभावकारी बनाउन एकद्धार प्रणाली लागू गर्यौं । एउटा कमाण्ड फोर्स चौतारामा राख्यौं,साहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा निकायका अधिकारीहरु रहने गरी सूचना सम्प्रेषण गर्ने र अर्काे अप्रेसन फोर्स मेलम्चीमा राख्यौं । त्यहाँ आफै बसें र जिल्लाका सबै सुरक्षाको प्रमुख बस्ने गरी शैली अपनायौं । यसले के फाइदा भयो कमाण्ड फोर्सले जिल्लाभरका मसिना सूचनाहरु,कहाँ राहतको आवश्यकता छ,बाटो,बिजुलीको अबस्था नोट गरेर हामीलाई पठाउनुहुन्थ्यो । त्यस्ले हामीलाई एक्सन लिएर काम गर्न सहज भयो । घरबार विहीन र प्रभावितलाई हामीले अस्थाई स्थानमा राख्न सफल भयौं । अहिलेको मुख्य चुनौती स्थायी आवासको हो,उहाँँहरुलाई स्थायी आवासको व्यवस्था कसरी गर्ने ?
० कतिका लागि स्थायी आवासको व्यवस्थापन गर्नुपर्न छ ?
यो बाढीको प्रवृत्ति फरक खालको छ । त्यही कारण ठ्याक्कै भन्न सक्ने स्थिती छैन् । दिन दिनै रुपमा बढिरहेका छन् । जिल्लाभरका बाढी प्रभावितको आँकलन गर्दा १५ सय हाराहारी हुन आउँछन् । मेलम्ची र हेलम्बुको २ सय ८४ जना बाढी प्रभावितका लागि स्थायी आवासको निर्माणको प्रक्रिया अघि बढेको छ । सम्झौताको चरणमा गइसकेको छ ।
० मेलम्ची पूरानै लयमा फर्कन अब कति समय कुर्न पर्ला ?
माथिल्लो सतहको अध्ययन गरेपछि बल्ल तल्लो सतहको अध्ययन गर्न सकिएला । हाम्रो टिम माथि गएर अध्ययन गर्नै,त्यहाँ के कारणले पहाडै खसेझैं ठूलो पहिरो आइरहेको छ ? यो लामो समयलाई हो वा छोटो ? नबुझेसम्म मेलम्चीको सन्र्दभमा यसै भन्न सकिने स्थिती छैन् । अहिलेकै स्थितीमा खोला छेउका बस्तिहरु पूर्ववत अबस्थामा बसाउन उचित देखिदैन् ।
० सरकारले सिन्धुपाल्चोक जिल्लाला संकटग्रस्त क्षेत्र घोषणा त गर्यो तर अरु केही गर्न सकेन भनेर हिजै त्यहाँबाट भेट्न आएका बाढी पीडितसँग प्रचण्डले भन्नुभएको थियो । राज्यको तवरबाट केही सहयोगै नभएको हो र ?
राज्यको उपस्थिती भएन भन्ने कुरा बेला बेलामा आउन गर्दछ ।असार १ को बाढी होस वा १६ को । सबैभन्दा पहिला त्यो ठाउँमा पुगेर हामीले १ सय २३ जनाको उद्धार गरेका छौं । त्यो उद्धार कस्ले गर्यो त ? राज्यले होइन् र ? राज्य भनेको उस्का संयन्त्रहरु प्रिचालित हुने हो । संयन्त्रले खोज,उद्धार र राहतमा पहलकदमी गर्ने हो । ५ जना घाइते निको भएरु घर फर्किनु भएको स्थिती छ । घर,व्यक्तिलाई सुरक्षित ठाउँमा राख्ने वा सार्नेका सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने काम भएको छ । खाद्यान्नको यथेष्ठ व्यवस्थापन गरेका छौं ।
० काठमाण्डूबासीले मेलम्चीको पानी आउला र पिउँला भने राखेको अभिलाषा पछिल्ला प्राकृतिक विपद्ले अन्योलतर्फ धकेलिदिएको छ । अब मेलम्चीको पानी पिउन कति समय कुनुपर्दछ ?
मेलम्चीको बिषयमा यसै भन्नसक्ने स्थिती छैन् । जहाँ पहिरो गएको छ त्यहाँ पुगेर विस्तृत अध्ययन गर्न सक्ने अबस्था अहिलेसम्म पनि बनिसकेको छैन् ।
० प्रधानमन्त्री ओली उद्घाट मोहका कारण मेलम्चीको हतारमा उद्घाटन गरियो भनिदैछ कतिको मान्नुहुन्छ ?
यो बिषयमा मेलम्ची आयोजनाले नै बास्तविकता के हो भन्ला । हामीलाई त्यति धेरै जानकारी भएन् ।
० सिन्धुपाल्चोक भन्नेवित्तिकै तातोपानी नाका जोडिन्छ । के छ नाका,बाटोको स्थिती ?
साह्रै जोखिममा रहेको अर्काे क्षेत्र हो बाह्रबिसेदेखि तातोपानीको वोर्डरसम्मको क्षेत्र । यो पटक ठाउँ ठाउँमा पहिरो खस्ने समस्या देखियो । लिपिङ खोलाको पुललाई बनाएर यातायात सुचारु गर्न नसकेको अबस्था,त्योभन्दा एक किमी अघि बाटो नै पहिराले लगेका कारण ती दुई ठाउँ जोखिमा रहेका छन् । अन्यन्त्रका पहिरो पन्छाउदै गएका छौं । सडक डिभिजन कार्यलयले निरन्तर काम गरिरहेको छ । अबको दश दिनभित्रमा त्यो बाटो सुचारु हुन्छ भन्ने सूचना सडक डिभिजन कार्यालयबाट पाएका छौं ।
० कुनै समय नेपाल चीनबीचको एकमात्रै व्यापारिक नाका,तातोपानी । अहिले बाटैको कारण मात्र चिनियाहरुले यो बाटोलाई महत्व दिन छाडेका हुन वा अरु केही कारण बुझ्नुभएको छ ?
हामी निरन्तर चिनिँया पक्षसँग छलफलमा छौं । दश देखि पन्ध्र दिनका बीचको अन्तरालमा भर्चुअल बैठक बस्दै आएका छौं । बाटोका समस्या देखाउँदा कोभिडलाई कारण देखाइरहनुभएको छ उहाँहरुले । पास हुने गाडीको संख्या बढाउने कुरा उहाँहरुबाट आएको छ ।
० वीरगञ्जतिर सहायक सीडिओको रुपमा काम गर्नुभयो । अहिले सिन्धुपाल्चोक जिल्लाको कमाण्ड गर्दै हुनुहुन्छ । तराई र पहाडमा कमाण्ड गर्दाको अनुभुती कस्तो रह्यो ? दबाब वा प्रभावको हिसाबले ?
सिन्धुपाल्चोकमा काम गर्दा प्राकृतिक प्रकोप नै सबैभन्दा ठूलो चुनौतिको रुपमा देखिएको छ । यहाँ १२ वटा स्थानीय तह छन् । सबै पालिका विपतको जोखिममा छन् । राष्ट्रिय विपत प्राधिकरणमा यहाँका १२ वटै स्थानीय तहको जोखिमका विस्तृत अध्ययन हुनुपर्दछ भन्ने कुरा राखेका छौं । नाका सञ्चालन नहुँदाको स्थितीमा प्राकृतिक विपत,नाका सञ्चालन भएपछि अपराधिक गतिविधि प्रमुख चुनौती हो । बीरगञ्जको हकमा त्यो वोर्डर एरिया भयो । अपराधका कुरा अलि बढी आउँथ्यो । प्रशासनिक काम गर्ने सन्र्दभमा बिरगञ्जभन्दा सिन्धुपाल्चोकमा कम जनसंख्या भएका कारणले पनि धेरै दवाव,चुनौती कम छन् ।
० डिल्लीबजारको जेलरका रुपमा केही समय व्यतित गर्नुभयो । कस्तो पाउनुभयो कारागारको स्थिती ? सुधार्न के कस्ता यत्न गर्नुभएका थियो ? के कति पूरा भए ?
कारागार आफैंमा पाठशालाजस्तो हुँदो रहेछ । बाहिरबाट जसरी कारागारलाई हेर्छौ भित्र बस्दा फरक अनुभुती हुँदो रहेछ । एउटा छुट्टै कानुनजस्तो रहेको अबस्था छ । एउटा भलाद्यमी परिबन्धले पुगेको हुन्छ भने एउटा ठूलो संगठीत अपराधी मनोवृत्तिको मान्छे पनि त्यहाँ परेको छ । हाम्रो कारागारमा सबैलाई सबै अपराधका लागि एकै ठाउँमा राख्ने चलन छ । यस्ले गर्दा कडा खालका अपराधीले सोझो खालको मान्छेलाई अपराधी बनाउने अवस्था श्रृजना गरेको छ । जेलभित्र हुने न्युनतम मानवीय आधारशीला निर्माण गर्न सरकार कटिवद्ध हुनुपर्दछ । म डिल्लीबजार कारागारमा रहँदा जम्मा ४ रोपनी क्षेत्रफलमा १५ सयभन्दा बढी कैदी राखिएको स्थिती थियो । जेललाई सुधारगृहका रुपमान अघि बढाउने हामीले नीतिगत योजना त अघि ल्यायौं तर कार्यन्वयन फितलो रह्यो । डिल्लीबजारमा रहँदा मान्छेलाई परिवर्तन गर्न सकिन्छ कि भनेर त्यहाँभित्रका शिक्षकजस्ता,पढेलेखेकाहरुबाट ज्ञान गुन कुरा दिने,भित्र पुस्तकालय निर्माण गर्ने,योग ध्यानलाई धेरै प्रथामिकता दिएका थिए । त्यस्ले उहाँहरुको मनोगत परिवर्तन गर्न मद्धत मिल्थ्यो । कारागार सुधारका लागि विभागले नीतिगतसँगै व्इवहारगत सुधार पनि गर्नुपर्ने देखिन्छ ।
० संघीय निजामती सेवा ऐन समयमा नआउँदा के कस्ता अप्ठ्यरा झेल्दै हुनुहुन्छ ?
संघीयता लागू भएपछि केन्द्र,प्रदेश र स्थानीय सरकार अन्तरगत रहेर काम गरिरहेका छौं । ऐन आएपछि संघीयताको मर्म अनुरुप कर्मचारीलाई रुपान्तरण गर्ने प्रक्रिया सहज हुन्थ्यो । ऐन आएपछि स्थायीत्व हुन्थ्यो । ऐनले गाइड गर्ने निकाय संघीय ऐन नै नहुँदा प्रदेश र स्थानीय ऐन बन्न सकेको छैन् । ऐन नहुँदा रुपान्तरणमा समस्या छ ।
०सोलोडोलोमा भन्दा निजामती प्रशासन,राजनीति दुबैप्रति सर्वसाधरणको हेर्ने नजर सकरात्मक छैन् । भ्रष्टाचारमा चुर्लुम्म डुब्यो भन्ने आरोप छ । यो रसातालबाट निजामती सेवालाई कसरी उतार्ने ?
कर्मचारीतन्त्र जनताको नजरमा अझैं विश्वासनिय बन्न नसकेको र यस्लाई हेर्ने जनताको नजर अझैं सकरात्मक नभएको तीतो सत्य हो । हाम्रो संयन्त्र नै दोषी छ । हामीसँग स्पष्ट कानुन छ,कार्यविधि,सेवा सुविधा र सुरक्षा स्प्रष्ट छ । तर हामी जनतासँग कसरी प्रस्तुत हुनुपर्ने हो त्यसमा धेरै कमिकमजोरी देखिन्छ । प्रविधिमा पछाडी छौं । केही कार्यविधिहरु झण्झटिलो छ । हाम्रो कार्यालयमा कोही सेवाग्राही आउनुभएको खण्डमा कि त उहाँहरुको काम हुनुपर्यो वा के कारणले काम भएन भनेर कन्भिन्स गराइनुपर्यो । हाम्रो कि त काम हुन्छ वा निराश भएर फर्कनुहुन्छ ।
० स्थायी सरकारमा सदाचारीता नैतिकता हरायो,इमान्दारिताको कुरा एकादेशको कथा भयो भन्ने आरोप छ । कसरी सुधार्ने त यस्लाई ?
कर्मचारी भनेको समाजकै एउटा अंग हो । हाम्रो परिवार,समाज कता लम्किरहेका छ ? यी चिजहरु क्र्मचारी स्वंयमा पनि हुँदो रहेछ । त्यही वातावरणबाट त्यही किसिमका अभ्यासबाट आएका कर्मचारी भिन्न हुने अबस्था देखिएको छैन । कर्मचारीतन्त्रमा यस्ता कुरा ह्रास हुदै आउनु गम्भीर कुरा हो । अहिले जेनेरेसन ग्याप हुँदै गएको छ । देश,सेवा,सेवाग्राहीप्रति कटिवद्ध हुनुपर्दछ भन्ने भाव भएका कर्मचारीहरु आइरहेको देख्छु ।
० कार्यसम्पादन,मुल्यांकन,सरुवा बढुवा जस्ता मापदण्ड स्वच्छ र पारदर्शी भएन भन्ने आवाज कर्मचारीबाटै सुनिन्छ । कस्तो लाग्छ ?
कर्मचारीको दण्ड वैज्ञानिक देखिन्छ । त्यसबाहेक पुरस्कार,मुल्यांकन,सरुवा वा बढुवा अझैं पनि परम्परागत ढंगबाट गरिरहेको अबस्था छ । कासमु,पुरस्कार लगायतका कुरा कर्मचारी स्वंयलाई भर्न लगाइन्छ । आफ्नो मुल्यांकन फाराम आफैंले भर्ने परिपाटी ठीक भएन कि ? सेवाग्राही कतिको सन्तृष्टि भए त ? ती कर्मचारीबाट एउटा सन्तृष्टि फाराम भराएर सोही नम्बरका आधार,सहकर्मीहरुबाट मुल्यांकन पछिमात्र सुपरिवेक्षकबाट मुल्यांकन गराएको खण्डमा वैज्ञानिक हुन्थ्यो कि ? यस्तै पुरस्कारको सबालमा पनि कुनै पनि कर्मचारीको ट्याक गर्ने,कुन ठाउँमा बस्दा उस्ले गरेका सकरात्मक काम के के थिए ? नकरात्मक काम के के थिए ? काम गर्ने शैली तरिका हेरेर पुरस्कार दिए राम्रो हुन्थ्यो । पुरस्कार र दण्डलाई बैज्ञानिक बनाइएको खण्डमा कर्मचारी उत्प्रेरित भएर काम गर्दछ । राइट म्यान इन राइट प्लेस भएको खण्डमा परिणाम निस्कन्छ । अहिले बढुवा केही हदसम्म वैज्ञानिक भएको छ । सरकार परिवर्तन भएपिच्छे सरुवा गर्ने,दुई तीन महिनामै सरुवा गर्ने प्रवृत्ति हटाउनुपर्दछ ।