अदालतका नापी निरीक्षक घुस लिँदा लिँदै पक्राउ


रुपन्देही जिल्ला अदालतका नापी निरीक्षक (सर्वेक्षक) २ जना घुस लिँदा लिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

Advertisement 1

अदालतमा परेको जग्गा सम्बन्धी मुद्दाको नापजाँच कार्यमा सहजीकरण गरिदिने भन्दै द्वय सुमित चौलागाईँ र मनोज थापा आयोगको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई ५ हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा कोटहीमाई गाउँपालिका वडा नं १ बोगडियाबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको सहप्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।

प्रकाशित :२०७७ फाल्गुन ३, सोमबार १५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry