सचिवमा बढुवा भएका डा.गोविन्द शर्माको कृषि मन्त्रालयमा पदस्थापन

सरकारले राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवबाट गोविन्द्र शर्मालाई राजपत्रांकित बिशिष्ठ श्रेणी अर्थात सचिवमा बढुवा गरेको छ । आइतबार बसेको बढुवा सिफारिस समितिले सिफारिस गर्दा एक नम्बरमा सिफारिस गरेका सहसचिव शर्मा शर्मालाई सचिवमा बढुवा गरेको हो । शर्माको सचिवमा बढुवा भएसँगै कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सचिवमा पदस्थापन पनि भएको छ ।
गत १८ साउनमा कृषि सचिव डा योगेन्द्र कुमार कार्की ५८ बर्ष उमेर हद लागेर घर गएसँगै कृषि मन्त्रालय सचिवबिहिन थियो ।
Advertisement 1
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतमा आइतबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैटकले कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । बैठकले एक नम्बरमा शर्मा, दुई नम्बरमा डा निरु दाहाल र तीन नम्बरमा दीपक खरालको नाम सिफारिस गरेको थियो । खराल बन समूहका हुन् भने शर्मा र पाण्डे कृषि समूहका हुन् ।
सचिव बढुवाका लागि सिफारिस भएकामध्य डा गोविन्द प्रसाद शर्मो कृषि विभागमा महानिर्देशकको रुपमा कार्यरत छन् । यस्तै डा निरु दाहाल पाण्डे भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय,१ नम्बर प्रदेशको सचिवको रुपमा कार्यरत छिन् । शर्मा र पाण्डे कृषि समुहका हुन भने वन समुहबाट सचिव बढुवाका लागि सिफारिस भएका डा दीपक खराल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय,सुदूरपश्चिम प्रदेश(धनगढी,कैलालीमा कार्यरत छन् ।