२ अधिकृत उपसचिवमा बढुवा
बढुवा समितिको सचिवालयले २ जना शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस गरेको छ । नेपाल इञ्जिनियरिङ सेवा,मेकानिकल इञ्जिनियरिङ समूह जनरल मेकानिलक उपसमुहबाट उमेश यादव र नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल इञ्जिनियरिङ समूह निर्माण उपकरण सम्भार उपसमूहबाट शाखा अधिकृत रितेश कुमार उपसचिवमा बढुवा सिफारिस भएका छन् ।
Advertisement 1
दुबै जनालाई जेष्ठता र कासमुको आधारमा उपसचिवमा बढुवा सिफारिस गरेको हो । समितिको ७८ साल साउन २४ गतेको निर्णय अनुसार उनीहरुको बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।
प्रकाशित :२०७८ श्रावण २५, सोमबार ०८:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%