सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन प्रतिवन्ध

सरकारले इन्धन खर्चमा कटौती गर्न भन्दै सातामा दुई दिन अर्थात शनिवार र आइतबार सार्वजनिक बिदा दिन थालेको छ । यी बिदाका दिन सार्वजनिक सवारी साधन चलाएको खण्डमा कारवाही गरिने काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement 1

हिजो बसेको जिल्ला सुरक्षा परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सार्वजनिक बिदाका दिनमा सरकारी गाडी चलाउनमा प्रतिबन्ध लगाएको जनाइएको छ । सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारी साधन चलाउनै परेको खण्डमा अनुमति लिनुपर्ने प्रशासनले जनाएको छ । सरकारी गाडी चलाउनै परेमा स्वीकृति लिनुपर्ने र ट्राफिक प्रहरीले नियमन गर्ने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, अत्यवश्यक भएको खण्डमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास लिएर मात्र सरकारी नम्बर प्लेटको गाडी कुदाउन पाइनेछ अन्यथा यस्तो पास विना चलाइएका सवारी जफत गर्ने ट्राफिक प्रहरीलाई निर्देशन समेत दिइसकेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका साहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताएका छन् ।

प्रकाशित :२०७९ जेष्ठ ६, शुक्रबार १०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry