गृह सचिवमा एकनारायण अर्याल

सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्याललाई सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उनलाई गृहको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा थिए।

Advertisement 1

मन्त्रिपरिषद्‍को बैठकले गृह मन्त्रालयमा रहेका दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा सरुवा गरेको छ। अर्याल प्रशासनिक क्षेत्रमा अनुभवी प्रशासक मानिन्छन्।

यसअघि कोलकाताको महावाणिज्यदूत, काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदै महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ।

प्रकाशित :२०८० फाल्गुन २८, सोमबार २०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry