प्रोत्साहन भत्ता माग गर्दै संघीय संसद्का कर्मचारी संसद् भवनबाहिर धर्नामा

काठमाडौं। संघीय संसद्का कर्मचारी प्रोत्साहन भत्ता माग गर्दै आन्दोलित बनेका छन्। उनीहरूले मंगलबार नयाँ बानेश्वरस्थित संसद्र भवन पुगेर धर्ना दिएका हुन्।

Advertisement 1

सरकारले बजेटमार्फत तलब तथा भत्ता नबढाएको भन्दै उनीहरू यसअघिदेखि नै आन्दोलित बनेका हुन्।

यसअघि संसद् सचिवालयका कर्मचारीको तलब भत्तका विषयमा सभामुख देवराज घिमिरेलगायतले सोमबार छलफल गरेका थिए।

Advertisement 2

संघीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन गर्दै आएको छ।

आन्दोलनरत कर्मचारीले संसद् बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए। हाल संसद् सचिवालयमा तीन सय ९० कर्मचारी कार्यरत छन्।

प्रकाशित :२०८१ असार ४, मंगलवार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry