मध्यपहाडी लोकमार्ग ठेक्कामा योजना प्रमुख र ठेकेदारविरुद्ध ६८ लाख भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जना विरुद्ध आरोप पत्र दायर गरेको छ । आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलीखेल, काभ्रेपलाञ्चोकका तत्कालीन योजना प्रमुख विजय चापागाई, तत्कालीन इन्जिनियर दिपककुमार खड्का, तत्कालीन सव–इन्जिनियर गजेन्द्रप्रसाद राउत र खिम्ती निर्माण सेवा प्रा.लि. काठमाडौंका प्रबन्ध निर्देशक रविसिंह महादेवलाई समान ६८ लाख ९३ हजार ७७८ रूपैयाँ ५ पैसा बिगो कायम गरेर मुद्दा दायर गरिएको हो ।

Advertisement 1

त्यस्तै तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाललाई भने २१ लाख ४९ हजार ८१८ रूपैयाँ बिगो कायम गरेर आरोप पत्र दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाअन्तर्गत खोटाङ जिल्लास्थित चेनेज ४२ं००० देखि ८८ं५०० खोटाङ खण्डको निर्माण कार्य गर्दा हिनामिना तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको देखिन आएकाले मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।

प्रकाशित :२०७८ श्रावण १२, मंगलवार १७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry