सरकारको सेवा प्रबाहका लागि नागरिक एप सार्वजनिक

सरकारले नागरिक एप्स सार्वजनिक गरेको छ ।
सरकारी सेवाहरु भरपर्दो, सुरक्षित, व्यवस्थित गर्न सरकारले आजदेखि नागरिक एप सार्वजनिक गरेको हो ।
सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एक कार्यक्रमका बीच नागरिक एप सार्वजनिक गर्नुभएको हो ।
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘सरकारी निकायहरुले प्रयोगमा ल्याएका एप्सहरुलाई एकीकृत तथा अन्तरआवद्ध गरी सरकारी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री तथा सरकारी कामकारवाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइएको मन्त्रालयकोभनाई छ ।

Advertisement 1


सूचना र सञ्चावर प्रविधि क्षेत्रमा भईरहेको तिव्र प्रविधिको उपयोग गरी ज्ञान तथा सूचनामा आधारित समाज तर्फ रुपान्तर गर्न नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरे बमोजिम नागरिक मैत्री सेवा प्रवाह गर्न यो एप तयार पारिएको बताइएको छ ।

लाइन होइन अनलाइनबाटै सरकारी सेवा लिनका लागि नागरिक एप किफायति हुने सञ्चार मन्त्री पार्वत गुरुङको भनाई छ ।
डिजिटल फ्रेम वर्क नेपालले परिकल्पना गरे बमोजिम सरकारी कामकाजको अनुगमन,गुनासो गर्ने हेतुले एप सार्वजनिक गरिएको बताइएको हो ।

प्रकाशित :२०७७ माघ २, शुक्रबार १६:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry