सुगमका कार्यालय खोज्दै ४ सय आवेदन,दुर्गम रोज्ने भेटिएनन कोही

सुगममा लामो समयदेखि कार्यरत कर्मचारीहरु दुर्गममा जान अनिच्छा प्रकट गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत साउन ११ गते दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन र सुगममा कार्यरुत कर्मचारीहरुलाई दुर्गममा जानका लागि कार्यालय रोजेर निवेदन माग गरेको भए पनि कर्मचारीहरुले दुर्गम क्षेत्रमा जान अनिच्छा देखाएका हुन ।
मन्त्रालयले सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन भन्दै ९ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आव्हान गरेको थियो । तर यो अवधिमा झण्डै ४५० आवेदन परेका छन् तर दुर्गममा जान कसैले इच्छा देखाएका छैनन् ।
Advertisement 1
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ को उपदफा (३) को खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका (डेढ वर्षभन्दा बढी दुर्गम क्षेत्रका कार्यालयमा सेवा प्रदान गरिसकेका) निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रमा (सुगम क्षेत्रका कार्यालयहरु) साथै सोही उपदफाको (ख) बमोजिम (ग) वा (घ) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी कार्य अवधि पूरा भएका निजामती कर्मचारीहरुले सोही उपदफाको खण्ड (क) बमोजिम (क) वा (ख) वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गर्न इच्छुक भएमा पिआइएस अद्यावधिक गरी निवेदन पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।
यो अवधिमा अतिदुर्गम र दुर्गम क्षेत्रमा कार्यरत ४०० जना कर्मचारीले भने मध्यम र सुगम क्षेत्रमा आउन चाहेको भन्दै निवेदन पेश गरेका छन् । झण्डै ४०० कर्मचारीले क र ख वर्गका कुनै एक जिल्लामा सरुवा हुन भन्दै निवेदन दिएको मन्त्रालयले जनाएको छ । तर, सुगम जिल्ला वा क्षेत्रबाट दुर्गमका जानका लागि कसैले निवेदन निवेदन नदिएको सामान्य प्रशासनले जनाएको छ ।