आज देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
आज मुलुकभर शोक बिदा दिएको छ ।
Advertisement 1
हिजो बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र ४ चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका–१५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।
जहाज दुर्घटनालगतै आकस्मिक बसेको क्याविनेट बैठकले आज शोक बिदा दिने निर्णय गरेको थियो ।
Advertisement 2
शोकको घडीमा आज सोमवार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ ।
विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन् ।
प्रकाशित :२०७९ माघ २, सोमबार ०८:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%