मन्त्री पद गुमाएकाे २० दिन बित्दा पनि यी ९ ले छाडेनन क्वाटर्र
सर्वाेच्च अदालतले गत ८ असारमा प्रधानमन्त्री ओलीका २० सारथीहरुको मन्त्री पद खाइदियो । ओली क्याविनेटमा १२ र २० दिने मन्त्री भएकामध्ये अझैं केही मन्त्रीले पुल्चोकस्थित मन्त्री क्वार्टर छोड्ने नैतिकता देखाएका छैनन्,कब्जा जमाएर बसिरहेका छन् ।
पुल्चोकस्थित मन्त्रिक्वार्टर स्रोतका अनुसार, मन्त्रीबाट हटेकामध्ये शहरी विकास मन्त्री राजेन्द्र महतो,गृहमन्त्री खगराज अधिकारी, सञ्चार नैनकला थापा,पर्यटनमन्त्री उमाशंकर अगरिया,सामान्य प्रशासनमन्त्री गणेश पहाडी र खेलकुदमन्त्री एकवाल मिँयाहरु आफ्नै घर फर्किएका छन् ती बाहेकका केही मन्त्री अहिले पनि क्वार्टर कब्जा जमाइरहेका छन् । त्यहाँ ५ वटा ब्लकमा १९ वटा क्वार्टर छन् । जसमध्ये बाहलवालामन्त्री कृष्ण गोपाल श्रेष्ठ,बसन्त नेम्बा,लीलानाथ श्रेष्ठले तीन वटा क्वार्टर प्रयोग गरिरहेका छन् । राष्ट्रिय सभाको उपाध्यक्ष एउटा ब्लक प्रयोग गरिरहनुभएको छ भने ८ असारको सर्वाेच्चका आदेश पछि मन्त्री पद खुस्किएकामध्ये केहीले अझैं आफ्नो सामान सारेका छैनन् ।
बहालवालामन्त्रीमध्ये मन्त्री विष्णु पौडेल क्वार्टर प्रयोग गरेका छैनन्,परराष्ट्रमन्त्री भएका रघुविरले क्वाटरमा बसेनन् । राजकिशोर यादव गौरीघाटबाट पुल्चोकस्थित मन्त्री क्वार्टर सर्ने तयारी गर्दा गर्दै मन्त्री पद गयो । अनिलकुमार झाहरु चाहिँ अझैं क्वार्टर कब्जा जमाएर बसेका छन् । केही मन्त्रीहरुले क्वार्टर छाडे पनि आफ्ना सामाग्री नसारेको र क्वार्टर कब्जा जमाइरहेको त्यहाँका एक कर्मचारीले जनआस्थालाई सुनाए ।
राजेन्द्रको रहर
नयाँ जोगीले बढी खरानी घस्छ,उसै भनिएको होइन् । राजेन्द्र महतो २१ जेठमा उपप्रधानसहित शहरी विकास मन्त्री नियुक्त भए । मन्त्री भएको दुई हप्ता पछि उनी आफैं झण्डावाल गाडी हल्लाउँदै संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा पुगे र यहाँका कर्मचारीलाई क्वार्टरको व्यवस्थापन मर्मत सम्भार गर्न निर्देशन दिए । विभागीय मन्त्रीकै निर्देशन पाएपछि त्यहाँका कर्मचारीले हतार हतार सीडीई महालक्ष्मी जोशी र पवित्रा बस्नेतलाई ८ असारमा अध्ययनका लागि पुल्चोक पठायो । रमाइलो चाहिँ जुन दिन अध्ययनका लागि कर्मचारीहरु मन्त्री क्वार्टरमा खटिए,सोही दिन सर्वाेच्चले मन्त्रीको पद खाइदियो ।
पुल्चोकस्थित मन्त्री क्वार्टर ०३२ सालमै बनेको,त्यहाँ ए देखी डीसम्म ४ वटा ब्लक भित्र १९ वटा क्वार्टर छन् । मन्त्रीकै निर्देशन पाएपछि कर्मचारी हडबडिदैं पुल्चोकस्थित क्वार्टरमा पुगेर कहाँ के विग्रिएको छ ? कुन सामाग्री आवश्यक छ भन्ने ५ पन्ने प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन अनुसार सी फोर र डी २ ब्लक बाहेक अन्य ब्लक र क्वार्टरमा कतै पानी चुहिने,कतै फल्स विग्रिएको,बत्ती विग्रिएको,प्यान फेर्नुपर्ने,ढलको पानी बाहिर बग्ने गरेको लगायतको विवरण समावेश गरिएको थियो ।
ए वानभित्र ५ वटा ब्लक छन् । जहाँ कुनै ब्लकमा गिजर, रंगीन माला बत्ती र स्यानिटाइजर मेसिन बिग्रिएको,मुख्य प्रवेशद्धारको जाली फेर्नुपर्नेदेखि वाइफाइको राउटर बिग्रेको समस्या टिपोट गरिएको थियो ।
यस्तै ब्लक बी भित्र रहेका ४ वटा ब्लकमा कतै किचन र बैठक कोठामा पानी चुहिने, कोठाको बत्ती बिग्रेको, किचेनको पाइप बिग्रेकाले पानी जाम हुने, ढलबाट पानी पास नभई बाहिर जाने,डोरम्याट नआएको समस्या टिपोट गरेर फर्किएका थिए ।
ब्लक सीभित्र ५ वटा ब्लक रहेकोमा प्रिन्टर, टेलिफोन सेट, वाइफाइ स्पिड कम भएको, मास्टर बेडको गलैंचा नआएकोजस्ता समस्या देखिएको थियो । डी ब्लकमा ५ वटा ब्लक रहेकोमध्ये टि–टेबल बिग्रेको, एसी नचल्ने,पानी चुहिने,इन्भटर किन्नुपर्ने, कम्प्युटरमा करेन्ट लाग्ने लगायतका समस्या टिपोट गरी टोली फर्किएको थियो ।
दिँउसोसम्ममा सबै टिपोट तयार पारी प्रतिवेदन तयार पार्दासम्म मन्त्री नै भूपु भइदिए ।
मन्त्रीको धपेडी
अहिले ओलीका क्याविनेटमा ५ मन्त्री छन् । ओली रक्षासहित परराष्ट मन्त्री छन्,विष्णु पौडेल,कृष्ण गोपाल श्रेष्ठ,बसन्त नेम्बांग र लीलानाथ श्रेष्ठलाई पाँच पाँच वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ । ओली हत्तपत्त सिंहदरबार छिर्दैनन । रक्षा मन्त्रालयमा सचिवविबहिन बनेको छ । रक्षा र परराष्ट्रका केही फाइल सदर गराउनु परेको खण्डमा विभागीय मन्त्रीको हैसियतले फाइल बोकेर वालुवाटार धाउनु पर्ने धपेडीमा छन् त्यहाँका कर्मचारीहरु ।
अरु मन्त्रालयमा चाहिँ मन्त्रीको धपेडी हेर्न लायक छ । अर्थमन्त्री बिष्णु पौडेलको भागमा ५ मन्त्रालय परेपछि उनी बिहानै ९ बजे सिंहदरबार छिरिसक्छन् । अर्थबाहेक हरेक दिन गृह मन्त्रालय पुग्छन् र त्यहाँ १ घण्टा समय व्यतित गर्छन् । बाँकी समय अर्थमै रहन्छन्,उद्योग वाणिज्य,आपूर्ति,जलश्रोत तथा सिँचाई मन्त्रालयका सचिव दैनिकजसो फाइल बोकेर मन्त्रीको कार्यकक्षमा छिर्छन् । सचिवालयका एक कर्मचारीका अनुसार पौडेल बेलुका ६ बजेसम्म सिंहदरबारतिरै भेटिन्छन् ।
शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ काम परे मात्र अन्य मन्त्रालयमा जाने,नभए त्यही मन्त्रालयबाट अरु मन्त्रालयको पनि काम गर्दछन् ।
भौतिकसहित संघीय मामिला,खानेपानी लगायतका मन्त्रालयको जिम्मेवारी पाएका बसन्त नेम्वाङले चाहि बिहान १० देखि १ बजेसम्म प्राय भौतिक योजनामै भेटिन्छन् । त्यसपछि बार अनुसार अइत,मंगल र बिहिबार खानेपानीमा १ देखि ३ बजेसम्म र सोमबार, बुधबार र शुक्रबार सो समय शहरी विकास र बार अनुसार ३ बजेदेखि ५ बजेसम्म सञ्चार र कृषिलाई दिन थालेका छन् । यस्तै लीलानाथ श्रेष्ठको सचिवालयका अनुसार,आइतबार, मंगलबार, बिहीबार सामान्य प्रशासन र भूमि,र सेमबार, बुधबार र शुक्रबार पर्यटन र महिला बालबालिका मन्त्रालयमा दुई घण्टा समय व्यतित गर्न थालेका छन् ।