१८ राजदूत सिफारिस

काठमाडौं। सरकारले १८ देशमा राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई निरन्तरता दिने निर्णय गरेको छ। यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सोहीअनुसार उनले बिहीबार नेपाल फर्किने तयारी गरेका थिए।

Advertisement 1

सरकारले अमेरिकाका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, चीनका लागि कृष्णप्रसाद ओली, बेलायतका लागि चन्द्रप्रसाद घिमिरे र दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फेलगायतको नाम सिफारिस गरेको छ । यसअघि प्रचण्डा नेतृत्वको सरकारले रेग्मीलाई भारतका लागि, घिमिरेलाई अमेरिकाका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।

सरकारले यसअघि चीनका लागि राजदूत रहेका विष्णुपुकार श्रेष्ठ र श्रीलंकाका लागि राजदूत वासुदेव मिश्र, रुसका लागि राजदूत मिलन तुलाधर र अस्ट्रेलियाका लागि राजदूत कैलाश पोखरेललाई फिर्ता बोलाउने निर्णय पनि सरकारले गरेको छ।

Advertisement 2

त्यस्तै जर्मनीका लागि शैल रूपाखेती, दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ, इजरायलका लागि धनप्रसाद पण्डित, साउदी अरबका लागि नरेशविक्रम ढकाल, अस्ट्रेलियाका लागि कान्ता रिजाल र पोर्चुगलका लागि प्रकाशमणि पौडेललाई सिफारिस गरिएको छ।

त्यस्तै पाकिस्तानका लागि रिता धिताल, स्पेनका लागि सनिल नेपाल, मलेसियाका लागि नेत्र तिमिल्सिना र श्रीलंकाका लागि रामकृष्ण भट्टराईलाई राजदूतमा सिफारिस गरिएको छ।

प्रकाशित :२०८१ श्रावण १४, सोमबार २२:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry