कानुनमन्त्री बन्दीसहित यी १३३ जनाले पाए बरिष्ठ अधिवक्ताको उपाधी (नामावलीसहित)
सर्वोच्च अदालतले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ। आज बसेको सर्बाेच्च अदालतको फुलकोर्ट बैठकले १३३ जना अधिवक्तालाई बरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो ।
वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानुन न्याय तथा संघीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी), मिरा ढुंगाना, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल,नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टिकाराम भट्टराई,पूर्वमहासचिव सुनिल पोखरेल, अधिवक्ता मेघराज पोखरेल, प्रतिनिधिसभाको कानुन न्याय समितिका सभापतिसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेललगायत रहेका छन् । फुलकोर्टको बैठकले १५८२ देखि ५२०७ सम्मको प्रमाणपत्र रहेका कानुन व्यवसायीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो।
प्रकाशित :२०७९ असार २९, बुधबार १९:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%