बर्ष दिनदेखि काममा नर्फकने दुई कर्मचारीलाई कारवाहीको तयारी

काठमाडौंको बूूढानीलकण्ठ नगरपालिकाका दुई कर्मचारी बर्ष दिनदेखि कार्यालयको सम्पर्कमा नरहेकोले नगरपालिकाले ती कर्मचारीको खोजी तिव्र पारेको छ । अहेव गौमाता बाठा र जनस्वास्थ्य निरीक्षक मञ्जु न्यौपाने बर्ष दिनदेखि सम्पर्कमा नरहेको भन्दै उनीहरुलाई हाजिर हुन आउन नगरपालिकाले सूचित गरेको छ ।

Advertisement 1

अहेब गौमाता बाठा गत बर्ष मंसिर १८ गतेदेखि र जनस्वास्थ्य निरीक्षक मञ्जु न्यौपाने गत बर्ष चैत्र ३० गतेदेखि विदा स्वीकृत नगराई कार्यालय सम्पर्कमा नरहेकोमा ८० साउन १८ गते हाजिर हुन र यही कार्तिक २३ गते सफाई पेश गर्न पत्र पठाइएकोमा हालसम्म पनि कार्यालयमा हाजिर हुन नआएको कारण १५ दिनभित्र सेवाबाट हटाउनु नपर्ने कारण सहित सम्पर्क राख्न नगरपालिकाले सूचित गरेको छ ।

Advertisement 2

 

प्रकाशित :२०८० मंसिर २०, बुधबार १७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry