संचयकर्ताको वचतमा मनोमानी गर्दै आएका संचय कोषका प्रमुख प्रशासक गौतम बर्खास्त

कर्मचारी संचय कोषमा प्रमुख प्रशासकमा कार्यरत तुलसीप्रसाद गौतम बर्खास्तमा परेका छन । बिहीबारको मन्त्रिपरिषद्को बैठकले गौतमलाई बर्खास्त गरेको हो ।

Advertisement 1

गौतम २०७६ साल जेठमा कोषको प्रमुख प्रशासकमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले गौतमलाई कोषको प्रमुख प्रशासकमा नियुक्त गरेका थिए ।

कोषको तर्फबाट गौतम हिमालयन बैंकको संचालक समितिको अध्यक्ष पनि छन ।
गौतम कोषको प्रमुख प्रशासक रहँदा संचयकर्ताको रकममा मनोमानी गरेको भेटिएको थियो । गौतमकै अगुवाईमा आर्थिक वर्षको अन्तमा कर्मचारी सञ्चय कोषका पदाधिकारीले विभिन्न स्थानमा मन्दिर बनाउनदेखि आफ्नै कर्मचारीलाई प्रोत्साहन भत्ता भन्दै लाखौँ रकम बाँडिएको पाइएको छ । जसमध्ये संचयकर्ताको बचत रकमबाट भोजपुरमा मन्दिर बनाउन १ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता गरिएको छ । त्यसैगरी भक्तपुरमा वृक्षारोपण गर्न भन्दै कर्मचारीको बचत रकमबाट २ लाख रुपैयाँ आर्थिक सहायता गरिएको छ । यस्तै मध्यपुर ठिमीमा रहेको मनोरम नगर समाजका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रशासक तुलसीप्रसाद गौतमले निर्णय गरी कार्यार्थ पठाएका भेटिएको थियो ।

Advertisement 2

 

 

प्रकाशित :२०७८ भाद्र ६, आईतवार ०७:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry