भूकम्पपीडितबाट ३० हजार घुस लिने सब–इन्जिनियर पक्राउ
Advertisement 1
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवान घुससहित रंगेहात पक्राउ परेका छन् ।भूकम्पपीडितबाट ३० हजार रुपैयाँ घुस लिएको अबस्थामा उनलाई रंगेहात पक्राउ गरिएको हो । भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग उनले ३० हजार घुस लिएका थिए आयोगसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटि गएको टोलीले पासवानलाई घुससहित पक्राउ गरेको हो ।
पूर्व सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समन्वयमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाबाट खटिएको टोलीले सब इन्जिनियर पासवानलाई घुस रकमसहित पक्राउ गरेको हो।
जिल्ला प्रशासन कार्यालयको टोलीले पासवानलाई गत मंगलबार (असार १५ गते ) पक्राउ गरेको थियो। मंगलबार पक्राउ परेका पासवानलाई १६ गते अख्तियारमा बुझाइएको थियो।