किन हेर्न मिलेन श्रीमती मारेर डढाउने डिआइजी रञ्जन कोइरालाको मुद्धा ?

सशस्त्र प्रहरीका पूर्व प्रहरी डिआइजी रञ्जनप्रसाद कोइरालाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ । झण्डै २ बर्षपछि पेशी चढ्दा पनि सर्वोच्च अदालतको आजको पूर्ण इजलासले हेर्न नमिल्ने भन्दै पन्छाइदिएको हो ।
आज सो मुद्धा न्यायधीशहरु डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा पेशीका लागि चढेको थियो । पेशीको अन्तिम सूचीमा परेको सो कर्तव्य ज्यान मुद्दाको सुनुवाइ हेर्न नमिल्ने भन्दै पेशी सारिएको हो ।
Advertisement 1
१५ असार २०७७ मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको कैद सजाय घटाएको थियो । प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसी रहेको संयुक्त इजलासले साढे आठ वर्ष मात्र कैद बसे पुग्ने भन्ने फैसला गरेको थियो । सो फैसलाको न्यायिक बृत्तमै चर्काे आलोचना भएको थियो । महान्यायाधिवक्ताको कार्यालयले १४ साउन २०७७ मा आदेशप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकन निवेदन सर्वोच्चमा दिएको थियो ।
कोइराला र उनको प्रेमिका भनिएकी तारा रेग्मीविरुध्द नेपाल सरकार वादी रहेको कर्तव्य ज्यानसम्बन्धी मुद्दाको आज चढेको पेसी हेर्न नमिल्ने भनेर पन्छाइएको हो । आजको इजलाशमा रहेका न्यायधीयत्रयमध्ये कुनै एक न्यायाधीश यसअघि यो मुध्दासम्वन्धी कुनै आदेशमा जोडिएको हुँदा स्वार्थ बाझिने भन्दै आज हेर्न नमिलेको हो
एपछि श्रीमती मारेको अभियोगमा कोइरालालाई केही समयलाई हाइसञ्चो भएको छ । सर्वोच्च अदालतको विवादास्पद आदेशपछि २०७७ साउनमा आठ वर्ष जेल बसेर उनी मुक्त भई अमेरिका पुगेका छन् ।