दाङका सीडीयो वैद्य जिम्मेवारीबाट हटाइए

दाङका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सीडीयो सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएका हुन्।

Advertisement 1

उनलाई फरार प्रतिवादी बनाउन केन्द्रीय अनुसन्धान ब्यूरोले राय दिएको छ । सिआइबीले बुझाएको प्रतिवेदनको सूचीमा २४१ नम्बरमा वैद्यको नाम भेटिएको छ । कुलनन्दन वैद्यको नाती तकन वैद्यको छोरा,जिल्ला प्यूठान विजुवार गाविस हाल प्यूठान नगरपालिका वडा नम्बर ४ बस्ने सुशील वैद्यलाई सिआइबीले फरारको सूचीमा राखेको छ ।

उनी डिल्लीबजार मालपोत कार्यालयको तत्कालीन भूमिसधुार अधिकारीको जिम्मेवारीमा थिए । वैद्य ०७० मा काठमाडौंका भूमिसुधार अधिकारी थिए । उक्त जिम्मेवारीमा छँदा पशुपति टिकिन्छा गुठीका नाममा सरकारी जग्गा दर्ता गरी नक्कली मोही खडा गरेर हिनामिनामा सघाएको आरोप उनीमाथि छ । सिआइबीले फरार सूचीमा राखेको भेटिएको छ ।

Advertisement 2

२०७९ माघ १६ मा प्रमुख जिल्ला अधिकारीको रुपमा उनी दाङ जिल्लामा पुगेका थिए । त्यस अघि वैद्य लमजुङको प्रमुख जिल्ला अधिकारी र त्रिभुवन विमानस्थलमा कार्यलय प्रमुख चलाइसकेका हुन ।

प्रकाशित :२०८० भाद्र १०, आईतवार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry