कोरोना संक्रमित कर्मचारीले १४ दिन बिदा पाउने

फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,बैंकरहरुझैं निजामती कर्मचारी पनि कोरोना संक्रमणको उच्च जोखिममा छन् । पछिल्लो चरणमा निजामती कर्मचारीहरुमा कोरोना संक्रमितको संख्या बढ्दै छ ।
मुख्यसचिव,सचिवदेखि तल्ला तहका कर्मचारीहरु कोरोना संक्रमित भइसकेका छन् । मुख्यसचिव लोकदर्शन रेग्मीदेखि काठमाडौंको प्रजिअ जनकराज दाहाललाई कोरोना संक्रमण पृष्टि भएको छ । झण्डै एक हजार कर्मचारीहरु कोरोना संक्रमित भइसकेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार,पूर्ण विववरण प्राप्त भइनसके पनि एक हजारभन्दा धेरै निजामती कर्मचारी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।
यसरी कोरोना संक्रमित कर्मचारीहरु बढ्दै गएपछि तालुकदार मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालयले संक्रमित कर्मचारीलाई कम्तिमा १४ दिन बिदा दिने प्रस्ताव उपर छलफल गरिरहेका छन् । कोरोना संक्रमित भएसँगै कम्तिमा १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिन लागिएको हो । निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् ।

प्रकाशित :२०७७ कार्तिक १४, शुक्रबार ०७:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry