प्रशासनतर्फका सचिवमा डा. रेग्मीको बढुवा निश्चित,वन र इञ्जिनियरिङ सेवाबाट कस्को पल्लाभारी ?

लोकसेवा आयोगले पूर्णता पाएसँगै कर्मचारी बढूवा र नियुक्ति प्रक्रिया प्रारम्भ भएको छ । योसँगै विगत तीन महिनादेखि बढूवा हुन नसकेका बरिष्ठ सहसचिवहरु बढूवा प्रारम्भ भएको छ ।
सोमबारमात्र बढूवा सिफारिस समितिले प्रशासन सेवाबाट सहसचिव डा दामोदर रेग्मीको नाम बढूवाका लागि सिफारिस गरेको छ ।
यस्तै मंगलबार वन र इञ्जिनियरिंग सेबाबाट ६ बरिष्ठ सहसचिवका नाम बढूवा सिफारिस भएको छ ।

Advertisement 1

आयोगका अध्यक्षको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिको दुई दिन बसेको बैठकले सहसचिवको नाम सिफारिस गरेको हो । जसअनुसार प्रशासनतफ जेष्ठताका आधारमा डा दामोदर रेग्मीको मात्र सिफारिस भएको छ । कार्यसम्पादनको आधारमा बढुवा सिफारिस हुँदा एक जना सचिव पदमा बढुवा गर्दा ३ जना सहसचिवको नाम सिफारिस हुने भए पनि जेष्ठताका आधारमा रेग्मीको नाम मात्र सिफारिस भएको हो । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि ३ वरिष्ठ सहसचिव र पाँचौपटक (२० प्रतिशत) अर्थात जेष्ठताका आधारमा एक सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार डा. रेग्मीको नाम सिफारिस भएको हो ।
यस्तै बन सेवातर्फ एकजना सचिव बढुवाका लागि ३ जना सहसचिव र इञ्जिनियरिङ सेवातर्फ १ जना सचिव बढुवाका लागि ३ जना सिफारिस भएका छन् ।कृषि तथा वन सेवातर्फ सहसचिव डा. कृष्णप्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको हो ।
आचार्य दुई बर्षदेखि बढूवाको पर्खाइमा छन् । यस अघि उनीभन्दा कनिष्ठ डा पेमनाराण कँडेल सचिवमा बढूवा भएका थिए ।आचार्य अहिले राष्ट्रपति चुरे कार्यालयका सदस्य सचिवका रुपमा कार्यरत छन् ।

यस्तै,इन्जिनियरिङ सेवातर्फ सहसचिव प्रमिला बज्राचार्य, सुशिलचन्द तिवारी र गोविन्द सिग्देलको नाम सिफारिस भएको छ । सिनियरका आधारमा बढूवा गरिए सुशीलचन्द्र तिवारी सचिवमा बढुवा हुनेछन् ।मन्त्रिपरिषद्ले बरिष्ठकै आधारमा सहसचिवलाई बढुवा गरेको खण्डमा डा कृष्ण आचार्य र सुशीलचन्द्र तिवारी सचिवमा बढुवा हुनेछन् ।

प्रकाशित :२०७८ असार १६, बुधबार १४:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry