वडा अध्यक्षसहित तीन कर्मचारीको मिलेमतोमा आठ लाख घोटला,विशेषमा मुद्धा दर्ता

हुम्लाका एक स्थानीय जनप्रतिनिधि भ्रष्टाचार मुद्दामा मुछिएका छन् । औषधि खरिदमा अनियमितता गरेको आरोपमा सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेको हो ।

Advertisement 1

वडाध्यक्ष रावतसहितको मिलेमतोमा गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमबाट कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।

वडाध्यक्ष राउत, गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र लेखापाल सुरतबहादुर रेश्मीको संलग्नतामा आठ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले जनाएको छ । उनीहरुलाई आठ लाखको बिगोबमोजिमको कारबाहीको माग गरेको छ ।

Advertisement 2

उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आयोगले अदालतमा आरोपपत्र दायर गरेको हो ।

प्रकाशित :२०७८ चैत्र ११, शुक्रबार १६:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry