अध्यादेशमार्फत् भएपनि संघीय निजामती ऐन ल्याउनुपर्छ :- मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लिलानाथ श्रेष्ठले संघीय निजामती ऐनलाई अध्यादेशमार्फत् ल्याउनुपर्ने बताएका छन्।कानुन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठलाई हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको समेत जिम्मेवारी दिइएको छ । सो जिम्मेवारी पाए पछि आज मन्त्रालयमा  कार्यभार सम्हाल्दै  अध्यादेशमार्फत नै भए पनि निजामती कर्मचारी ऐन ल्याउनुपर्ने बताएका हुन् ।

Advertisement 1

 

Advertisement 2

मन्त्री श्रेष्ठले राजनीतिक अस्थिरताका कारणले समयमै संघीय निजामती ऐन ल्याउन नसकेको र सोही कारण कर्मचारीको पदपूर्ति र बढुवा रोकिँदा कर्मचारीको मनोबल गिरेको टिप्पणी गरे । मन्त्री श्रेष्ठले कर्मचारीको लागि पदपुर्ति, बढुवा लगायतका मुलभूत कुराहरुलाई समेटेर अध्यादेश ल्याउनका लागि मुख्यसचिव, प्रधानमन्त्री र आफूबीच छलफल भएको भएपनि नागरिकता सम्बन्धी अध्यादेशलाई सर्वोच्च अदालतले रोकेपछि पछि हट्नुपरेको सुनाए ।

‘यो संघीय निजामती ऐनलाई मुलभुत कुरा लगाउनुपर्ला नभए राष्ट्रको स्थायी सरकारले मनोबल गिर्‍यो भने कसरी काम गर्छ? त्यसै कारणले यो आझेलमा राख्नु हुँदैन जानुपर्छ।’उनले भने ।

प्रकाशित :२०७८ असार ११, शुक्रबार १५:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry