२७ मन्त्रीको पद बदर, ५२ पदाधिकारीहरुको नियुक्ति सदर ?

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा २० जना पदाधिकारीहरु नियुक्त गरेकी छन्।
यो समेत गरी विभिन्न संवैद्यानिक निकायमा ५२ जनाले असंवैद्यानिक तवरले नियुक्ति पाइसकेका छन् । यस अघि पहिलो संविधान सभा बिघटन भएको मौका छोपेर ३२ जनालाई नियुक्ति दिइएको थियो । दोश्रो पटक प्रतिनिधि सभा बिघटन भएको मौका छोपी थप २० जनालाई नियुक्ति दिइएको हो । हतार हतार संवैद्यानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर दुबै पटक नियुत्ति गरिएको छ ।
जसविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ र मुद्धा विचराधिन छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा विभिन्न ११ वटा संवैधानिक अंग र निकायका पदहरुमा आज अपरान्ह २० जना पदाधिकारी नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग, महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पदाधिकारीहरु नियुक्त गरेकी हुन्।

Advertisement 1

अख्तियारको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन्। यस्तै, लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी अध्यक्ष तथा माधब बेल्बासे, बीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी सदस्यका रुपमा नियुक्त भएका छन्। निर्वाचन आयोगमा सगुन शम्शेर जबरा आयुक्तको रुपमा नियुक्त भएका छन्।
यस अघि सर्वाेच्च अदालतले दुई पटक गरी २७ मन्त्रीको पद खाइदिएको छ । तर असंवैद्यानिक तबरले दुई पटक गरी नियुक्त भएका ५२ आयुक्त तथा पदाधिकारीहरुको नियुक्त भने सदर भएको छ ।

यी हुन् विभिन्न आयोगमा राष्ट्रपतिद्वारा नियुक्त पदाधिकारीहरु–

Advertisement 2

No description available.

प्रकाशित :२०७८ असार ११, शुक्रबार १४:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry