अब निर्वाचन आयोगका पदाधिकारीलाई थप सुविधा र भत्ता

निर्वाचन आयोगका आयुक्तहरुले थप सेवा तथा सुविधा पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले आयोगका प्रमुख निर्वाचन आयुत्त,आयुक्तहरुलाई थप सुविधा तथा भत्ता दिने निर्णय गरेको छ । यस बिषयमा राजपत्रमा सूचना समेत प्रकाशन भइसकेको छ । अब आयोगका पदाधिकारीले निर्वाचनको अवधिमा आयोगका कर्मचारीले पाएको सरह थप सुविधा तथा भत्ता पाउने भएका हुन् । जसअनुसार आयोगका कर्मचारी र पदाधिकारीहरुले ४ महिनाको थप सुविधा र भत्ता पाउने भएका हुन् ।

Advertisement 1

यसमा अर्थ मन्त्रालयले स्वीकृति दिएपछि सुविधा तथा भत्ता बढाउने विषय अघि बढेको थियो। आयोगले निर्माण गरिरहेको आर्थिक कार्यविधि अनुसार सुविधा तथा भत्ता दिइनेछ।
आयोगमा अहिले प्रमुख आयुक्त दिनेश थपलिया कार्यरत छन भने आयुक्तहरुमा ईश्वरी प्रसाद पौड्याल,रामप्रसाद भण्डारी र डा जानकी कुमारी तुलाधर कार्यरत छन् । उनीहरुले भने कर्मचरीले झैं थप भत्ता र सुविधान पाउने भएका हुन् ।

Advertisement 2

 

 

प्रकाशित :२०७८ असार ४, शुक्रबार १६:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम