भैँसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

हेटौँडा। मकवानपुरको भैँसे नजिकै आज बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।

Advertisement 1

रौतहटको चपुरबाट काठमाडौँतर्फ गइरहेको ना १ ज २१४३ नम्बरको सुमो भैँसे नजिकै सुन्दरीमाई मोडमा दुर्घटना हुँदा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिका–४ की २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीले राससलाई जानकारी दिए। अन्य एक मृतकको परिचय खुलेको छैन।

दुर्घटनाग्रस्त सुमोमा चालकसहित १० जना सवार थिए। घाइते सात जनालाई हेटौँडा अस्पताल पु¥याइएको छ।

Advertisement 2

प्रकाशित :२०८३ मंसिर ३ गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]