आजदेखि पोखरामा ‘आरयू फेस्ट–२०२६’

गण्डकी। फोहरलाई मोहरमा बदल्ने उद्देश्यसहित पोखरामा सञ्चालित ‘रिसाइकिलिङ र अपसाइकिलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत दोस्रो संस्करणको ‘आरयू फेस्ट–२०२६’ आजदेखि पोखरामा सुरु हुँदैछ। २ दिनसम्म चल्ने उक्त मेलाको तयारी पूरा भएको आयोजक पोखरा महानगरपालिकाले जनाएको छ।

Advertisement 1

‘फोहरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने सन्देशका साथ आयोजना गरिएको ‘आरयू फेस्ट–२०२६’ मार्फत फोहरलाई व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नभई पुनःप्रयोग र प्रशोधनमार्फत आर्थिक तथा वातावरणीय मूल्य सिर्जना गर्न सकिने स्रोतका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।

महानगरपालिका, कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा उक्त मेला आयोजना गरिएको नगरप्रमुख धनराज आचार्यले बताए। रिसाइकल तथा अपसाइकल उद्यमलाई बजारसम्म पहुँच र बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्यले ‘आरयू फेस्ट’को आयोजना गरिएको उनको भनाइ छ।

Advertisement 2

सो अवसरमा ‘आरयू’ उद्यमका उत्पादन तथा नवीन अभ्यासको प्रदर्शनी, दिगो फोहर व्यवस्थापनका उपाय, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जनचेतना अभिवृद्धि गरिने उनले बताए। त्यसबाट फोहरलाई रिसाइकिलिङ र अपसाइकिलिङ गर्ने उद्यमी, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आमनागरिकबीच सम्बन्ध र सहकार्य विस्तार हुने महानगरको विश्वास छ।

मेलामा विद्यार्थीलाई सिकाइ तथा अनुभव आदानप्रदानको अवसरसमेत प्रदान गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए।

Advertisement 3

पोखरामा ग्रिन भेन्चर जोन (जीभीजेड)को अवधारणालाई प्रवद्र्धन गर्दै ‘आरयू’ उद्यमी तथा नवप्रवर्तक विद्यार्थीलाई लगानी र व्यवसाय विस्तारका अवसरसँग जोड्ने योजना रहेको उनले बताए। मेलामा ४० वटा ‘स्टल’ रहने जनाइएको छ।

मेलामा परियोजनाको सहयोगमा प्रवद्र्धित ‘आरयू’ उद्यमका उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष, ‘आरयू खजना’ दौड, अन्तक्र्रियात्मक खेल, कला प्रस्तुति, प्रयोगात्मक कार्यशालालगायत सिर्जनात्मक गतिविधि सञ्चालन गरिने भएको छ। प्रयोग भइसकेका कपडा तथा अन्य सामग्रीको पुनः प्रयोगमार्फत तयार पारिएका पोसाक, कलाकृति आदि प्रदर्शनीमा राखिनेछ।

प्रकाशित :२०८३ मंसिर २ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]