टेकबहादुर गुरुङ र सांसद कर्म घले राहत सहति मनाङमा

नेपाली काँग्रेसका सभापति एवं पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र सांसद कर्म घले निजी खर्चमा राहत सामाग्री आफ्नो गृह जिल्ला पुगेका छन् ।

Advertisement 1

पाल, खाद्यन्न सामाग्री, पिउने पानी र औषधी सहित काठमाडौबाट सोझै नासोङ १ ताल फिस्टेल हेलकप्टरबाट मनाङ जानु भएको छ । सभापति एवं पूर्वराज्यमन्त्री गुरुङ तालमा अवतरण गरेपछि हेलिकप्टर लमजुङको बेसीशहर जानेछ । बेसीशहरबाट खाद्यसामाग्री लिएर पुनः तालमै अवतरण गर्नेछ । तालमा दुईपट अवतरण गरेपछि पूर्व राज्यमन्त्री र सभासांसदलाई लिएर हेलिकप्टर ओडार अवतरण गर्ने छ । त्यसपछि पुनः बेसीशहर आई धारापानीका लागि खाद्यसामाग्री लिएर उडान भर्नेछ । बाढीपहिरोबाट पीढित धारापानी क्षेत्रका जनता ओडार क्षेत्रमा बस्दै आएकाले सभापति एवं पूर्वमन्त्री गुरुङ र सांसद धले खाद्यसामाग्री वितरण गरी धारापानी क्षेत्रको स्थलगत अवलोकन गर्नुहुने छ । ओडारमा खाद्य सामाग्री पुर्‍याएर हेलिकप्टर पुनः बेसीशहर आई खाद्यसामाग्री लिइ ओडार जाने र पूर्वमन्त्री र सांसदलाई लिएर हेलिकप्टरले मनाङका लागि उडान भर्नेछ । मनाङमा सभापति गुरुङ र सांसद घलेले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्ला समन्वय समिति अध्यक्ष यज्ञ तले, र पीढिहरुसंग भेटवार्ता गर्नु हुने छ ।

अविरल वर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढी मनाङ जिल्ला प्रभाविन बनेको छ । मंगलबार बिहानैदेखि मनाङ सदरमुकाम चामेदेखि जिल्लाको नासो गाउँपालिकाको तालगाउँमा बाढी आएको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङमा ठूलो क्षति भएको छ । बाढीले बुधबार मनाङको नासो गाउँपालिकाको कार्यालय, नासो गाउँपालिकामै रहेको इलाका प्रहरी कार्यालय, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवनसमेत बगाएको छ । यस्तै, पाँचवटा होटेल पनि बगाएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।
मस्र्याङदी नदीमा पानीको बहाव बढेका कारण सयौँ बासिन्दा विस्थापित भएका छन् । चामे गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठका अनुसार बाढीका कारण त्यहाँका स्थानीय कोही आफन्तको शरणमा छन् त कोही जंगलमा अलपत्र परेका छन् ।
स्थानीय प्रशासनले जिल्ला कारागारको नवनिर्मित भवनमा बजारका बासिन्दालाई उद्धार गरेको छ । तर, यार्सागुम्बा टिप्ने सिजन पनि भएका कारण कतिपय मानिस जंगलमा नै अलपत्र परेको हुन सक्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
मनाङका प्रहरी प्रमुख डीएसपी सुवा खड्काका अनुसार चामे र नासो गाउँपालिकामा गरी करिब २०० घरधुरीका झन्डै एक हजारजना मानिस विस्थापित भएका छन् ।
सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका–१, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत्गृह पनि बगाएको छ । त्यस्तै, सदरमुकाम चामेमा चारवटा घर बाढीले बगाएर क्षति पु¥याएको छ ।

प्रकाशित :२०७८ असार ३, बिहीबार ११:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry