पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट

काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा गोपालप्रसाद भट्टले पुँजीबजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम भइरहेको बताएका छन्। प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उनले उक्त धारणा राखेका हन्।
“भट्टले नेपालको पुँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन बोर्ड कटिबद्ध भई निरन्तर लागिपरेको छ”, भने।
धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र सङ्घसंस्थासँग निरन्तर छलफल भइरहेको उनले बैठकमा जानकारी दिए।
उनले आज सरोकारवाला तथा सांसदले उठाएका जिज्ञासको उत्तर दिँदै पुँजीबजारलाई नीतिगत तथा कानुनी सुधार गरेर व्यवस्थित गर्ने प्रयास गरिरहेको छ भने। भट्टले नयाँ कम्पनीको प्राथामिक सेयर जारी गर्दा अपनाउनुपर्ने विभिन्न चेकलिष्टलगायत धेरै विषय समावेश गरेर नीतिगत सुधार गर्न लागेका बैठमा जानकारी गराए।
अर्थमन्त्रालयका सहसचिव महेश आचार्यले अर्थमन्त्रालयले पुँजीबजारलाई व्यवस्थित गराउनको लागि २१ बँुदे कार्ययोजनाले व्यवस्थित गर्ने बताए।
सांसद पर्शुराम तामाङले सरकारले अर्थतन्त्रसँगसँगै पुँजीबजारलाई पनि चलायमान गराउनुपर्ने बताए।
सांसद सुशील खड्काले पुँजीबजार लगानीकर्ता सङ्घसंस्थाको सङ्ख्या मात्रै धेरै भएकाले पुँजीबजारको वास्तविक समस्या उजागर हुन नसकेको बताए।
नेपाल सेयर बजार लगानीकर्ता सङ्घका अध्यक्ष हरिबहादुर केसीले धितोपत्र बोर्डसँगसम्बन्धी ऐन र नियमावली समयसापेक्ष बनाउनुपर्ने बताए।
सेयरलगानीकर्ता अजयकुमार श्रेष्ठले सेयरबजारमा आफैँ स्टक ब्रोकर र आफैँ लगानीकर्ता हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए।
नेपाल सेयर बजार लगानी सङ्घका महासचिव खगेन्द्रराज कँडेलले विश्वपुँजी बजारले अपनाएका रणनीति योजनामुताविक नेपाली सेयर बजारलाई समयसापेक्ष बनाउनुपर्ने बताए।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले सूचना प्रविधिको प्रयोग गरेर व्यवस्थित गर्न खोजेको बताए।
नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुवेदीले पछिल्ला समय नेप्सेका देखिएका प्राविधिक समस्या सल्टाउने प्रयास भएको बताए।
स्टक ब्रोकर एशोसिएसन अफ नेपालका नितेशकुमार अग्रवालले प्रथामिक सेयरमा १० कित्ताको प्रावधानलाई पनि समयसापेक्ष बनाउनुपर्ने बताए।
प्रकाशित :२०८३ आश्विन १४, बुधबार १४:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







