बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको हो।

Advertisement 1

आइतबार १ लाख ३६ हजार ९ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। त्यस्तै सोमबारका लागि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ तोकिएको छ। यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँ रहेको थियो।

त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ। आइतबार चाँदी प्रतितोला १८ सय ५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो। पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर उतारचढाव भइरहेको छ। जेठ ७ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँको कीर्तिमानी उचाइमा पुगेको थियो।

प्रकाशित :२०८१ जेष्ठ १४, सोमबार ११:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry