एसियाली खेलकुदः जुडोमा चार खेलाडी पराजित

काठमाडौं। जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालका चारै जना खेलाडी पराजित भएका छन्।
Advertisement 1
जापानको ऐचि इन्टरनेसनल एरिनमा आज भएकोे खेलमा नेपालका चारै जना खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका हुन्। पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन्।
महिला ५२ केजी तौल समूहमा नेपालकी देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भइन्। त्यस्तै महिला ४८ केजी समूहमा अर्का खेलाडी निशा हङ्कङकी वङ का लीसँग पराजित भइन्।
Advertisement 2
त्यस्तै पुरुष ६६ केजी तौल समूहमा विशेष हङ्कङका वङ का कीसँग पराजित भए। पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए।
प्रकाशित :२०८३ आश्विन १४, बुधबार १३:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








