भोलि सातदोबाटोमा सचिव र ट्रेड युनियन भीड्ने

भोलि निजामती दिवस । निजमती दिवस मूल समारोह समिति ०७९ ले निजामती दिवसको अवसरमा विभिन्न श्रृजनशील र अक्तिरिक्त क्रियाकलाप गरेर मनाउने भएको छ । निजामती दिवसको अवसरमा अन्तरक्रिया,रक्तदान,वृक्षरोपणका कार्यक्रम गर्ने जनाइएको छ ।

Advertisement 1

यस्का अलवा भोलि सातदोबाटो खेल मैदानमा मुख्यसचिव ११ र ट्रेड युनियन ११ बीच मैत्रिपूर्ण फुटबल खेल कार्यक्रम हुने भएको छ ।

Advertisement 2

भोलि अपरान्ह ३ बजेर ३० मिनेटमा शुरु हुने उक्त उक्त फुटबल प्रतियोगितामा मुख्यसचिव ११ को तर्फबाट मुख्यसचिव शंकरदास वैरागी,खेलकुद सचिव डा दामोदर रेग्मी,प्रम कार्यालयका सचिव डा रामप्रसाद घिमिरे,भूमि व्यवस्था सचिव रामप्रसाद थपलिया,कृषि सचिव दिपक कुमार खराल,कृषि तथा पशुपक्षी सचिव गोविन्दप्रसाद शर्मा,राष्ट्रिय योजना आयोगका सचिव केबल प्रसाद भण्डारी,उद्योग सचिव डा तोया नारायण ज्ञवालीका अलवा अन्य मन्त्रालयका सहसचिवहरु क्रमश सुमन दाहाल,उत्तर खत्री,रुद्र प्रसाद अधिकारी,मदन भुजेल,सुरेन्द्र कुमार यादव,ज्ञानराज सुवेदीका अलवा उपसचिव जगदिशचन्द्र शिवाकोटी,जीजन भण्डारी,युवराज खतिवडा,कुल बहादुर जिसी,,कृष्ण बहादुर घिमिरे,राजेश केसी र रमेश हुमागाई लगायतबीच मैत्रिपूर्ण खेलकुद प्रतिष्प्रर्धा हुनेछ । आज हुने भनेको फुटबल प्रतियोगिता भोलि अर्थात बुधबारका लागि सारिएको हो ।

यो मैत्रीपूर्ण फुटबल प्रतियोगिता युवा तथा खेलकुद मन्त्रालय,राखेप र राष्ट्रिय स्तरको कर्मचारी ट्रेड युनियनको सहकार्यमा हुन लागेको हो ।

प्रकाशित :२०७९ भाद्र २१, मंगलवार १२:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry