बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

चितवन। सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक वन क्षेत्रमा छाडिएको छ।

Advertisement 1

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो।

गैँडा उद्धारका लागि निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सुस्ता पुगेको थियो। त्यस गैँडालाई ट्रकमा राखेर ल्याइएको हो। उद्धार गरी ल्याइएको सो गैँडा अन्दाजी पाँच वर्षको छ।

Advertisement 2

आधिकारिक रूपमा हालसम्म एउटामात्र गैँडा नदीले बगाएको सूचना आए तापनि अन्य गैँडासहितका वन्यजन्तु पनि बगाएको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणीको बाढीले पनि केही गैँडा बगाएर भारतीय भूमिमा पुर्याएको थियो। तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कँडेलका अनुसार त्यसबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा हाल ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ।

प्रकाशित :२०८३ आश्विन १४, बुधबार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम