को को बन्दैछन्,काँग्रेस र एकीकृत समाजवादीबाट मन्त्री ?
अहिले प्रधानमन्त्री प्रचण्डले १६ वटा मन्त्रालयको भारी बोकिरहेका छन् । गठबन्धनबीच भागबण्डा नमिल्दा मन्त्रीपरिषद् विस्तार अझैं हुन सकेको छैन । भागवण्डा टुंग्याउन गठबन्धनको बैठक अहिले ३ बजेका लागि डाकिएको छ ।
Advertisement 1
यस अघि भएको सहमती अनुसार,काँग्रेसले अर्थसहित ८, माओवादी केन्द्रलाई प्रधनमन्त्रीसहित ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टी, नागरिक उन्मक्ति पार्टी, लोसपा र स्वतन्त्रबाट एक एक मन्त्रालय पाउनेछन् ।
नेपाली काँग्रेस पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । उपसभापति खड्काले उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालिका मन्त्रालय पाउने सम्भावना छ ।
यस्तै,नेकपा एकीकृत समाजवादी वेदुराम भुषालको नेतृत्वमा सरकारमा सहभागी हुँदैछ । पार्टीबाट प्रकाश ज्वालालाई भौतिक पूर्वाधार मन्त्री बनाउने गरी छलफल चलेको छ ।
यता भागबण्डा मिलाउने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमा लैजाने तयारी भइरहेको छ । श्रेष्ठलाई भौतिकबाट गृहमा ल्याउने तयारी प्रचण्डले गरेका हुन्।