आमाछोदिङमोको मुहार परिवर्तन गर्न गाउँपालिकाका अध्यक्ष उम्मेद्धार फुर्पुका संकल्पहरु
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि राजनीतिक दलदेखि उम्मेद्धारहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । यसैबीच ५ वटा गाउँपालिका रहेको हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउँपालिकाबाट नेकपा एमालेको तर्फबाट उम्मेद्धार बनेका फुर्पु सिंगी तामाङले आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । उनी होटल तथा पर्यटन व्यबसायी संघ रसुवाका महासचिब हुन् । सामाजीक अभियन्ता ,सफल ब्यवसायीको रुपमा स्थापित उनी उनी पालिकाको अध्यक्षको रुपमा चुनावी मैदानमा होमिएका छन् । ५ पालिका मध्य यो भौगोलिक रुपामा विकट रहेको छ । जती विकट छ त्यतीनै सम्भावना बोकेको पालिका हो आमाछोदिङमो ।
Advertisement 1
यसैबीच एमालेका तर्फबाट पालिकाका अध्यक्षका उम्मेद्धार फुर्पु सिंगी तामाङले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्,जहाँ गाउपालिकाको दैनिक प्रशासानिक कामकाजबाट जनतालाई सहज र छरितो सेवा उपलब्ध गराउनको लागि पालिका अध्यक्ष÷ उपाध्यक्ष सकेसम्म पालिकाको प्रशासनिक भवनमै नभए नजिकै अध्यक्ष तथा उपाध्यक्षको निवासंको ब्यबस्था गरिने, जनताको काम छिटो छरितो गर्न सम्पुर्ण ब्यक्तिगत घटना विवरण, सिफारिस लगायतका कामलाई मष्नष्तबष्किभम कथकतझ बाट सम्पादन गर्ने ब्यबस्था गरिने, पालिकाका बिषयगत शाखाहरुमा आवस्यक पर्ने कर्मचारीहरुको यथोचित प्रबन्ध गरिने र पालिकाका आफ्नो जनशक्ति र स्रोत–साधनलाई अधिकतम उपयोग गरिने, बिकास निर्माण कार्यको गुणस्तरीय कायम गराउन अनुगमन र मुल्यांकन विधि प्रभावकारी बनाइने, प्रशासनिक खर्च जति सक्छ कम गरि पुँजिगत खर्चलाई बढाइने, विकास निर्माणको कार्य आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै गरि एका तिर समयमा आयोजना नै नसक्ने र पैसा नै फ्रीज जाने, अर्को तिर कतै आयोजना सम्पन्न गरि हाले भने पनि गुणस्तरीयता फिट्टिकै नभै रहेकोको अवस्थालाई चिर्न असोज महिनाबाटै काम गरिने, पालिकाको आफ्नै स्रोतबाट युवाहरुलाई “सीप मुलक“ विभिन्न तालिमहरु दिएर दक्ष जनशक्ति तयार गरिनेछ र देश भित्रै कम्तिमा एक घर एक रोजगारको अबसरको सिर्जना गरिन, खेलकुदको मध्यमबाट युवाहरुलाई स्वस्थ्य, अनुशासित बनाउन ५ वटै वडामा खेलकुद मैदानको ब्यबस्था गरिनेछ । र प्रत्येक बर्ष पालिकाले खेलकुद प्रतियोगिता सञ्चालन गर्ने ब्यवस्था गरिने अवधारणासमेत अघि सारिएको छ ।
त्यस्तै पर्यटनका लागि आमाछोदिङमो गाउँपालिका क्षेत्रलाई जिल्लाको मात्रै नभई देशकै पर्यटन क्षेत्रको हब बनाउने र बढी भन्दा बढी आन्तरिक तथा बहय पर्यटक भित्र्र्याई पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने र बढी भन्दा बढी रोजगारी प्रबर्द्धनको लागि राष्ट्रिय स्तरमा व्यापक प्रचार–प्रसारको ब्यवस्था गर्ने, यस क्षेत्रको काठ र ढुंगाले बनेको पुरानो घरहरु, दरबारहरु जस्तै जोङखङ, बोङ्जो, गोल्जुङ्बेसी लगायत पुरातत्विक महत्त्वका भवन तथा ठाँउहरुको सरक्षण गरिने, देश भरि रहेको तमाङहरुको नमुना यहाँको साँस्कृतिक भेषभुषालाई संरक्षण र सम्बर्द्धन गरिने, पुरानो तामाङ सम्पदा मार्गबाट १ नं. वडा हाकु, २ नं. वडा ग्रे–नेसिङ, र ४ नं. वडा गोल्जुङ गाउँलाई पनि समेटेर नक्शा तयार पारिने, चिलिमेमा रहेको नयाँ तातोपानीको मुहानको संरक्षण गरि ५०० मि. तल ल्याई सुबिधा सम्पन्न पोखरीको निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटकलाइ बढि भन्दा बढि भित्र्याइने, पुरानो तातोपानी पुन आउने बनाउन सबै प्रकारका प्रयासहरु गरिने, माता पार्वतीको ठुलो मुर्ति स्थापना सहितको आधुनिक दृष्टिकोणको मउच को निर्माण गरि पार्वतीकुण्डलाई व्यवस्थित बनाई सुबिधा सप्पन्न लज तथा होटेलको व्यवस्थाको लागि त्यो एरियाका सरकारी जग्गामा निजि क्षेत्रलाई भाडामा दिने व्यवस्था मिलाइने, पार्वतीकुण्ड र त्यस क्षेत्रको संरक्षण र सम्बर्द्धन गर्न पालिका अध्यक्षकै संयोजकत्वमा ५ वटै वडाका वडाध्यक्षहरु पदेन सदस्य र बुद्धिजीवीहरु रहने गरि “पार्वतीकुण्ड क्षेत्र विकास समिति“को गठन गरिनेछ सो विकास समिति मार्फत प्रत्येक वर्ष बुद्ध जयन्तीको अबसरमा पालिका भरिका लामा मार्फत पार्वतीकुण्डमा सप्ताहब्यापी “कङ्क्युर पाठ“ गर्ने र यस क्षेत्रको तामाङ साँस्कृतिक कार्यक्रमको प्रतियोगिता संचालन गरिने, थाम्बुचेत देखि जोङखाङ सम्म सिढीको ब्यवस्था गरिने, डाँडै–डाँडा बहुँगाङ देखि माबुम्चे–बोङजोगाङ–छुम्यार–ज्यर्सा–खुर्पु– जयश्वरकु्ण्ड सम्म सिँढीको निर्माण गरिनेछ र साङजेन भ्यालि र साङजेन हिमाललाई नया पर्यटन गन्तब्यको रुपमा बिकास गरिने, थाम्वुचेत टारमा चिलिमे जलविद्युत आयोजना सुरु हुनु पुर्ब बिमानस्थल रहेको र बेलाबखत टुइनेटर विमानको उडान तथा अवतरण हुने गरेकोमा आयोजनाले उक्त बिमानस्थल प्रयोग गर्दा यहाका जनताले ठूलो क्षती ब्यहोर्नु परेकोले तत्काल चिलिमे कम्पनीसग सोको बिकल्प बारे छलफल गरिने प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
Advertisement 2
यस्का अलवा स्वस्थ्यमा केपि ओलि सरकारले ल्याएको एक पालिका एक अस्पतालको नितिलाई सशक्त
ढङ्गले अगाडि बढाउदै पालिकाको लागि अस्पताल भवन निर्माण कार्यलाई पुर्णता दिइ आवस्यक सम्पुर्ण स्वास्थ्य सुबिधाहरु पालिका अस्पतालमै उपलब्ध गराउने, पालिका क्षेत्र भित्र बसोबास गर्ने जनताको लागि आकस्मिक स्वास्थ्य सेवा
उपलब्ध गराउन पालिका अस्पतालले अनिबार्य रुपमा कम्तिमा १ वटा एम्वुलेन्सको ब्यबस्था गरिने, हाल पालिका क्षेत्र भित्र रहेका स्वास्थ्य चौकिहरुले प्रदान गरिरहेको स्वास्थ्य सेवालाई थप प्रभाबकारी बनाउन अति आवश्यक औषधीको मात्रामा बृध्दि गरिने हाल भईरहेको सेवा तथा औषधी तथा जनशक्तीकोमात्रालाई बढाइनेछ र पालिका अस्पताल र प्रत्येक स्वास्थ्य चौकिहरुलाई अपाङ्ग तथा जेष्ठ नागरिक मैत्री बनाएर सेवा प्रवाह गराइने प्रतिवद्धता पत्रमा सार्वजनिक गरेको छ।
त्यस्तै कृषि तथा पशुपालनमा हाल गरिरहेको निर्वाहमुखी कृषि व्यवसायलाई, व्यवसायीमुखी, उत्पादनमुखी र निर्यातमुखी बनाउन, परम्परागत खेतिपाती तथा पशुपालनमा आधुनिकिकरण गर्ने, जसको लागि देहाएका कार्य गरिने, उन्नत जातको बिउ बिजन तथा पशुपन्छी पालनमा कृषकलाई बिशेष सहुलियतको प्रबन्ध मिलाइने, टिम्मुर,ओखर,फुजि स्याउ, कागती, सिमि, आलु, मुसुरु, प्याज, लसुन, अदुवा जस्ता नगदेबाली लगाउन प्रोत्साहन गरिने, नेपालमै लोपोन्मुख चौरी पालन व्यवसाय यस पालिकामा हाल अत्यधिक पालन गरि रहेको तर लोकल जातको भएको कारण आम्दानी सोचे जस्तो नभई रहेकोमा बढी भन्दा बढी फाइदाजनक बनाउन हाईब्रिड (धेरै दूध दिने विकासे गाईहरुलाई याक क्रस गर्ने) खाले चोैरीहरुको उत्पादन गर्ने जसले लोकलबाट निकालिएका चौरीले भन्दा धेरै दूध दिने र थोरै चौरी पाल्दा पनि धेरै दूध उत्पादन हुने बनाइने, हाल प्रत्येकको घर–घरमा २–३ वटा लोकल गाई बस्तु पालिरहेकोमा त्यसको सट्टामा विकासे गाई पाल्न प्रोत्साहन गर्ने र त्यसको लागि पालिकाले केही प्रतिशत अनुदानको ब्यबस्था गर्ने र धेरै भन्दा धेरै दूध उत्पादन गरि दुग्धजन्यबस्तुको निकासी गरिने, विभिन्न जडिबुटी खेतिको लागि प्रोत्साहित हुने कार्यक्रमहरु सञ्चालन गरिने, यहाँ उत्पादित सबै कृषिजन्य वस्तुको छुट्टै ब्रान्डको बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरणको ब्यवस्था गरिनेछ लगायतका प्रतिवद्धता रहेको छ ।
Pemba-Uncle