प्रलेस–शक्ति लम्साल स्मृति साहित्य पुरस्कार विकललाई

काठमाडौं। प्रगतिशील लेखक सङ्घ (प्रलेस)ले ‘प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार २०८३’ मरणोपरान्त रमेश विकललाई प्रदान गरेको छ।
Advertisement 1
रमेश विकल स्मृति प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले रु २५ हजार १०० राशिको सो पुरस्कार ग्रहण गरे।
नेपालको वामपन्थी साहित्य तथा न्यायिक अभियानमा स्वर्गीय विकलले पु¥याउनुभएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको प्रलेसले जनाएको छ।
Advertisement 2
पुरस्कार वितरण कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिक स्वतन्त्रता र देश विकासको पक्षमा कहिल्यै कसैसँग सम्झौता नगर्ने लम्साल नेपालीको हित र सार्वभौमसत्ताको सन्दर्भमा सदैव अविचलित रहने गरेको स्मरण गरे।
पूर्वमन्त्री देवप्रसाद गुरुङले अत्यन्त विषम परिस्थितिमा नेपाली राजनीतिमा न्याय, समानता र विकासको पक्षमा अविचलित अडान राख्ने लम्सालबाट सिद्धान्त तथा विचारको राजनीति गर्न देखाएको बाटोलाई आत्मसात् गर्नुपर्ने आवश्यकतामा जोड दिए।
Advertisement 3
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले अहिंसाको पक्षपाती लम्साल सामाजिक रूपान्तरणका लागि आजीवन लागि परेको घटना सुनाए।
पत्रकार महेश्वर दाहालले नेपालको वामपन्थी आन्दोलन एवं वामपन्थी राजनीतिमा सतपात्रका रूपमा लम्साललाई नेपाली समाजले स्मरणमा गरिरहने धारणा व्यक्त गरे।
त्यस अवसरमा विश्लेषक हिरण्यलाल श्रेष्ठ, राजनीतिज्ञ मोहनविक्रम सिंह, पूर्वसांसद नारायण शर्मा, पत्रकार लम्सालकी धर्मपत्नी कृष्णा, छोरी प्रज्ञा लम्साल र पत्रकार अशोक सुवेदी लगायतले जवाफदेही राजनीति, समाजिक रूपान्तरण र परिवर्तनको पक्षमा निडरतापूर्वक कलम चलाउनु पर्नेमा जोड दिए।









