पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ।
Advertisement 1
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो।
पत्रकार श्रेष्ठका तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। रिटमा बिनाआधार पक्राउ गरिएको भन्दै उनलाई थुनामुक्त गर्न माग गरिएको छ। बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियोे। काठमाडौँ जिल्ला अदालतले बिहीबार उहाँलाई प्रहरी हिरासतमा राख्न तीन दिनको अनुमति दिएको छ।
प्रकाशित :२०८३ श्रावण २९, शुक्रबार १३:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








